नविन के.सी
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले ९ वटै वार्डमा रहेका मोटरबाटोहरु स्तरउन्नती गरि ग्राबेल , पक्की नालिसंगै कालोपत्रे गर्ने गरि अगाडि बढेको बताउनु भयो ।
मालारानी गाउँपालिकाको वडा नं ८ को प्यारीखर्क मूलाकाचौर सड्कको स्तरउन्नती कार्यको सुभारम्भ गर्दै आचार्यले उक्त सड्क स्तरउन्नती गरि कालोपत्रे गरिने बताउनु भयो ।
‘ मालारानी गाउँपालिकाको केन्द्रबाट सदरमुकाम जोड्ने आतेकासाँघु बरमकोट सड्क कालोपत्रे गरेका छौ । बाँकि खण्डको काम अहिले चलिरहेको छ । वडा नं ४ देउराली – गुफा सड्क , मालारानी ७ को देउराली – बामरुक र मालारानी ८ को प्यारीखर्क –मूलाकाचौर सड्क कालोपत्रे हुने चरणमा पुगेका छन । ’ ९ वटै वडामा तिन पाग्रो अटो पुराउने लक्ष्य रहेको समेत आचार्यले बताउनु भयो ।
मालारानी गाउँपालिकाले बोलपत्र मार्फत सूचना प्रकाशन गरि पहिलो चौमासिकमा २५ वटा भन्दा बढि आयोजना कार्यन्व्यन प्रक्रियामा गएको पालिकाका प्राबिधिक शाखाका प्रमुख हरिशन्चन्द्र पाण्डेले बताउनु भयो ।
यस्तै पालिका अध्यक्ष आचार्यले एक कार्यक्रमका बिच बालशिक्षा माध्यमिक बिद्यालय कमेरापानीको ४ कोठे भवनको समेत शिल्यानास समेत गर्नु भएको थियो ।