नविन रसाईली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ९ अर्घाको श्री अर्घा रजस्थल माध्यमिक विद्यालयमा नेकपा ( माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी) अर्घाखाँचीले कमिटी गठन गरेको छ । आज मंगलबार अर्घा राजस्थल माविमा विद्यालय कमिटी कठन गरेको हो ।
विद्यालय कमिटी कक्षा ११/१२ र ९/१० मा छुट्टा छुट्टै गठन गरिएको अनेरास्ववियू (क्रान्तिकारी) का जिल्ला अध्यक्ष सुदिप खनालले बताए । कक्षा ११ र १२ तर्पm ३९ सदस्य सहितको अनेरास्ववियू (क्रान्तिकारी) विद्यालय कमिटी गठन गरिएको उनले बताए । जसको अध्यक्षमा विपना खनाल, उपाध्यक्षमा वर्षा थापा, सचिवमा असिम रायमाझी, सह सचिवमा किसान वि.क, कोषाध्यक्षमा सुनिता आर्चाय रहेका छन् ।
यस्तै कक्षा ९/१० तर्फ ७८ सदस्य सहतिको अनेरास्ववियू (क्रान्तिकारी) विद्यालय कमिटी गठन गरिएको अध्यक्ष खनालले बताए । कक्षा ९/१० तर्फको अनेरास्ववियू (क्रान्तिकारी) विद्यालय कमिटको अध्यक्षमा जीवन वि.क, उपाध्यक्षमा अविनास कुवर र बबिता भुसाल, सचिवमा रोसना आर्चाय, सह सचिवमा अजुन रायमाझी, कोषाध्यक्षमा मजिता राउत रहेका छन् ।
संगठन विस्तार तथा प्रशिक्षण कार्यक्रममा अनेरास्ववियू (क्रान्तिकारी) लुम्बिनी प्रदेश सदस्य कुलराज बन्जाडे, लुम्बिनी प्रदेश सदस्य जीवन रेश्मी अर्घाखाँची जिल्ला अध्यक्ष सुदिप खनाल, जिल्ला सदस्य आयुश वि. क . विधार्थी नेता दिपक पौडेल, नेकपा (माओवादी केन्द्र) सन्धिखर्क नगरपालिका सदस्य अमर परियार लगायतको उपस्थिति रहेको थियो ।