हंसपुरका १ जना वृद्धको कोरोना संक्रमणका कारण अर्घाखाँची अस्पतालमा निधन


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ७ हंसपुरका १ जना पुरुषको कोरोना संक्रमितको निधन भएको छ ।  
कोरोना संक्रमित हंसपुरका ७८ वर्षीय वृद्धको जिल्ला अस्पताल अर्घाखाँचीमा आज मंगलवार निधन भएको हो । 
अस्पतालमा उपचाररत उनलाई ज्वरो, निमोनिया, दम र श्वास–प्रश्वासमा समस्या थियो ।
योसँगै काेराेना संक्रमणका कारण जिल्लामा अहिलेसम्म ९१  जनाको ज्यान गएको छ ।