सिद्धाराको माैवाबारी, खयरभट्टि, ढुङ्गेसेरा, माझाखाडा, बग्र र टिक्कारीका विपन्नलाई न्यानो कपडा वितरण


अर्घाखाँचीडट्कम संवाददाता 
सिद्धारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर  ११ सिद्धाराको माैवाबारी र खयरभट्टिका असाय, अशक्त, वृद्ध तथा विपन्न परिवारलाई कम्बल र न्यानाे कपडा बितरण कार्यक्रम सम्पन्न भएको छ ।
रबिन हुड आर्मिकाे आर्थिक सहयोगमा दिगाे बिकासका लागि सामाजिक अभियान काठमाडौकाे आयोजनामा सोमवार सिद्धाराको माैवाबारी र खयरभट्टिका असाय, अशक्त, वृद्ध तथा विपन्न परिवारलाई कम्बल र न्यानाे कपडा बितरण कार्यक्रम सम्पन्न भएको हो ।  
दिगाे बिकासका लागि सामाजिक अभियानका सञ्चालक सदस्य नवराज भुसालको अध्यक्षयता, ११न वडाका वडा सदस्य  ईन्द्र  बहादुर पल्लीकाे प्रमुख आतिथ्यता , शितगंगा सव डिभिजन वन कार्यलयका फरेस्टर चेत बहादुर खत्रीकाे विशिष्ट आतिथ्यता ,स्थानीय समाजसेवि बाेम बहादुर बि क , मन बहादुर सुनारि , बिष्णु भण्डारी , भुप बहादुर पुन , भुवनसिंह रजालि ,हुम बहादुर सुनार , बाबुराम आचार्य र सरस्वती बि क  लगाएतकाे उपस्थितिमा  भएकाे कार्यक्रम जित बहादुर सुनारिकाे स्वागत मनतव्य र देवेन्द्र रेस्मीकाे सञ्चालनमा  सम्पन्न भएकाे थियो ।
यस्तै रबिन  हुड आर्मिकाे आर्थिक सहयोगमा दिगाे बिकासका लागि सामाजिक अभियान काठमाडौले आज मंगलवार सिद्धाराको ढुङ्गेसेरा, माझाखाडा, बग्र र टिक्कारीका असाय, अशक्त , बृद्ध र बिपन्न परिवारलाई कम्बल र न्यानाे कपडा बितरण गरिएकाे छ । 
 कार्यक्रमकाे बुद्धि बहादुर नेपाली र प्रकाश पल्लीकाे स्वागत र डाेल बिक्रम पल्लीकाे सञ्चालनमा सम्पन्न भएकाे थियो ।

अन्य समाचारहरु