अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ठाडामा नेकपा एमाले शितगंगा नगर सचिवालय बैठक आज सम्पन्न भएकाे छ ।
पाटि नगर कमिटी अध्यक्ष बशन्त कुमार श्रेष्ठकाे अध्यक्षयता जिल्ला कमिटी उप सचिव प्रेमनारायण गैरेकाे प्रमुख आतिथ्यता क्षेत्रीय अध्यक्ष काशिराम आचार्यकाे बिशिस्ट आतिथ्यता , नगर कमिटी ईन्चार्ज ओपि पाण्डे , जिल्ला कमिटी सचिवालय सदस्य तथा वडा न. २र६का अध्यक्षहरु गाेवर्धन थापा , ऋषि रेस्मी , जिल्ला कमिटी सचिवालय सदस्य तिलक भाट , गिता भाट , युवा संघ नगर कमिटी अध्यक्ष तिलक अधिकारी , प्रेस चैतारि नेपालका लुम्बिनी प्रदेश कमिटी सदस्य बिष्णु कुमार आले र युथ फाेर्स संयोजक सन्दिप दर्लामिकाे आतिथ्यतामा सम्पन्न बैठक नगर कमिटी उपाध्यक्ष संजय रानाकाे स्वागत र पाटि सचिव ऋषि घिमिरेको सञ्चालनमा सम्पन्न भएकाे हाे ।
बैठकले २३ पाैषमा हुने जिल्ला अधिवेशनका लागि वडा स्तरबाटै हुने प्रतिनिधि छनाेटका लागि सबै वडामा १७ गते एकैसाथ सम्पन्न गर्नका लागि नगरका १४वटै वडामा १/१जना जिल्ला कमिटी सदस्य खटाउने निर्णय गरेकाे छ ।
र आजै पाटिकाे सशक्त संगठन अखिल नेपाल महिला संघ शितगंगाकाे प्रथम बैठक संगठनकि नगर अध्यक्ष गिता भाटकाे अध्यक्षयता र सचिव शुसिला आचार्यकाे सञ्चालनमा सम्पन्न भएकाे छ।