गोखुङ्गाको श्री महादेव आधारभुत विद्यालय अझै शिक्षक बिहिन|अभिभावकहरुले शिक्षक खोजिदिन सिडियोलाई गुहारे


श्याम घिमिरे
गोखुङ्गा, अर्घाखाँची । मालारानी गाउँपालीका वार्ड नम्वर ९ गोखुङ्गाको कालुकादिपमा रहेको श्री महादेव आधारभुत विद्यालय शिक्षक बिहिन अवस्थामा रहेको भन्दै बिद्यालयमा यथासिघ्र शिक्षक व्यवस्थापन गर्न स्थानिय दलका प्रतिनिधिहरुले   प्रमुख जिल्ला अधिकारी समक्ष निबेदन पेस गरेका छन । 
उनिहरुले एउटामात्र दरबन्दी भएको बिद्यालयमा, बिद्यालयले आवश्यक प्रक्रिया पुरागरी नियुक्त गरीएका शिक्षक बिद्यालय व्यवस्थापन समितिको सहमति बिना हारीज भएको ४५ दिन भित्रै अन्यत्र बिद्यालयमा पालीकाले सुरुवा गरी बिद्यालयमा शिक्षक बिहिन गराईएको भन्दै यथासाक्य छिटो बिद्यालयमा शिक्षक व्यवस्थापनगरी पठनपाठनलाई सहज बनाईदिन प्रजिअ हरीप्रसाद घिमिरे समक्ष निवेदन गरेको निवेदनकर्ता तथा नेकपा माओबादी केन्द्रका मालारानी गाउँकमिटी अध्यक्ष पदम क्षेत्रीले जानकारी दिनुभयो ।
यसअघि बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी सहित स्थानिय अभिभावकले शिक्षक खोजी गरी पाउँ भनि पालीकाको कार्यालयमा पुगी पालीकाको ध्यानकार्षण गराएका थिए । पालीकाले निवेदनमाथी कुनै सुनुवाई नगरेको उनिहरुको आरोप रहेको छ ।
यसैबिच गाउँपालीका अध्यक्ष बालकृष्ण आचार्यले परीक्षा मार्फत तत्काल शिक्षक नियुक्त गर्न गत मंसिरमै बिषय बिशेषज्ञको म्याद सकिएको र त्यसलाई गाउँसभाले पारीतगर्नुपर्ने भएकोले, यही पौष ७ गते सम्पन्न गाउँसभाले बिषय बिशेषज्ञको सुचि प्रकासनगर्ने बारेमा छलफल गरेको भन्दै बिषय बिशेषज्ञको सुचि नआन्जेलसम्मकोलागी शिक्षकहरुलाई यताउता मिलाईएको र बिज्ञको सुचि आएपछि परीक्षा हुने ठाउँमा परीक्षा गर्ने जानकारी दिनुभयो । आचार्यले महादेब आधारभुत बिद्यालयको बारेमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्षसंग कुराकानी भईरहेको र समितिले जे चाहान्छ त्यही गर्ने प्रतिक्रिया दिनुभएको छ ।