दिपेन्द्र पौडेल
सुपादेउराली – प्रसिद्ध सुपा देउराली मन्दीर समुन्द्र सतहदेखि झण्डै ४,५०० फिटको उचाइमा अर्घाखाँची जिल्लाको मध्यभागमा अवस्थित प्रसिद्ध देवीस्थल हो। त्यस मार्गमा आवतजावत गर्ने बटुक वा धर्मात्माहरूको इच्छा पूरा गराइदिने सुपादेवी मन्दिर अर्घाखाँची , सन्धिखर्क नगरपालिका ७ मा पर्दछ स्थानीय क्षेत्रमा देउराली माता आस्थाकी प्रतीक मानिन्छिन्। भने भाकल गरिसके पछि बेवास्ता गरेमा सुपामाताले चिर हरण गर्छिन भन्ने कुराको प्रमाण लाहुरे टासिंएको भिरमा देखिने आकार सहितको तस्बिरले झस्काइ दिन्छ ।
सन्धिखर्क गोरुसिङ्गे राजमार्गस्थित सुपाखोलाको पश्चिम दिशामा अवस्थित यस् देवीको मन्दिर नरपानी र खाँची दुवै अग्ला महाभारतको बीच उच्च भञ्ज्याङमा अवस्थित सुपा मन्दिर डरलाग्दो भीमकाय खोंचमा रहेको छ। सयौं फिटमाथिबाट मन्दिरको पूर्वमा खस्ने साना साना कन्चन पानीका लहराले आकर्षक प्राकृतिक छङ्गछङ्ग छाँगोले प्रत्येक तिर्थ यात्रुको मन लोभ्याउँछ।
हिमालको सिरसिरे हावा यही सुपाको छेंडो भएर निरन्तर तराई तर्फ बतासिने भएकोले सुपा देउराली सदावहार शित्त्तल स्थल मानिन्छ। फूल पाति चढाएर देउरालीप्रतिको सद्भाव दर्शाउने बटुवाहरूको सनातन परम्परा अक्षरस अटुट रहेको सुपा देउराली मन्दिर नेपालका सयौं गन्तव्यहरु मध्य सुपा देबिको मन्दिर पनि एक हो पछिल्लो समयमा कोभिड भाइरस माहामारिले शिथिल रहेक यस् गन्तव्य श्रद्धालु दर्शनार्थी को संख्या आजभोलि चलायमान बन्दैछ । सुपा देउराली माताको महिमा जिल्ला अञ्चल केन्द्र हुदै इन्डिया समेत बढिरहेको छ ।
विशेष गरि शनिबार श्रद्धालु को घुइँचो लाग्ने यस् ठाउँमा जिल्ला अञ्चल केन्द्र तथा इन्डियाबाट आउने भक्तजनको घुइँचो देख्न सकिन्छ भने अन्य दिनमा पनि श्रद्धालु आइरहेका हुन्छ्न ।मन्दिर परिसरमा पुजा सामाग्री बेचेर जिबिको प्राजन गर्नेको संख्या पनि दिनानुदिन बढदै छ भने यस् ठाउँमा मदिराजन्य सुर्तीजन्य बस्तु सेबन र बेचबिखन गर्न सक्त मनाही छ।
यस देउरालीसम्म आउने भक्तजनहरुलाइ सन्धिखर्क सम्म लैजाने बाताबरण मिलाउन सके शिथिल रहेको सदरमुकाम चलाएमान हुने थियोे यस तर्फ पनि ध्यानाकर्षण हुन जरुरी छ । – जय सुपादेउरालि माता ।