अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं ( काठमाडौं ) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. १२ ठाडाका गोपाल कुमार शिरिष काठमाडौँमा महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।
नेपाल प्रहरीले ठाडाका ४३ वर्षिय गोपाल कुमार शिरिष सहित नौ जनालाई पुस १२ मा सुर्खेतबाट काठमाडौं आएकी ३३ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो । शिरिष हाल कपिलवस्तु जिल्लाको वुद्दभुमीमा बस्दै आएका छन् ।
काठमाडौँको बसपार्कमा रहेको गेष्ट हाउसमा एक महिलाले आफूमाथि सामूहिकरूपमा करणी भएको भनी दिएको जाहेरीका आधारमा अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको थियो । आज बिहान ९ बजेतिर गोपाललाई गोंगबुबाट पक्राउ गरिएको थियो ।
गोपालले अन्तिम पटक बलात्कार गर्ने प्रयास गरेका थिए । गोपाल वैदेशिक रोजगारीका लागि बुधवार कतार उड्दै थिए । पक्राउ परेपछि उनको कतार उड्ने टिकट काम लागेन । विदेशमा गएर कमाउने योजना पनि तत्कालका लागि विफल भएको छ ।