बाँगीको श्री शान्ति मावि आरुखोरमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न (तस्बिरहरु)


जय बहादुर रोकाय
बाँगी, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । मालारानी गाउँपालिकाबाट निर्माण भएको मालारानी ५ बाँगीको आरुखोर अवस्थित श्री शान्ति माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७७ मा कक्षा वालविकास देखी १२ सम्ममा उत्कृष्ट स्थान हासिल गर्ने र अतिरिक्त क्रियाकलाप लगाएतका विभिन्न विद्यामा  स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।
मालारानी गाउँपालिका ५ बाँगी आँटीघर निवासी स्व. लालमणी भुसालको बार्षिक पुन्य तिथीको अवशरमा स्व. भुसालका छोरा जीवन भुसाल र राम प्रसाद भुसालको सौजन्यमा उक्त पुरस्कार कार्यक्रम सम्पन्न गरिएको हो ।
उक्त कार्यक्रममा बौल्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्र बहादुर खड्काले यस्ता खालका कार्यक्रमहरुले  विद्यार्थीहरुको हौसला बढाई पढाईप्रती रुची अभिवृद्धी हुने बताउनु भएको थियो ।
त्यस्तै कार्यक्रममा बौल्दै विद्यालयका प्रधानाध्यापक मान बहादुर पाण्डेले यस्ता नमुना योग्य कार्यले शैक्षिक गुणस्तरमा अभिवृद्धि गर्ने भन्दै अरुले पनि सिको गदै जोड दिनु पर्ने बताउदै साथै उक्त कार्यक्रमको सौजन्यकर्ता र सम्पूर्ण विद्यार्थीहरुलाई बधाई तथा धन्यबाद समेत व्यक्त गर्नु भएको थियो ।
 वि.व्य.स अध्यक्ष चन्द्र बहादुर खड्का र प्रधानाध्यापन मान बहादुर पाण्डेले कार्यक्रमको सौजन्यकर्ता शिक्षाप्रेमी, समाजसेवी व्यक्तित्व जीवन खनाल र राम प्रसाद भुसाललाई उक्त महत्वपूर्ण कार्यको प्रसंशा गर्दै सम्मान पत्र समेत विरतण गर्नुभएको थियो । साथै उक्त कार्यक्रममा कार्यक्रमको सौजन्यकर्ता जीवन भुसाल र पूर्व शिक्षक, समाजसेवी, शिक्षाप्रेमी, व्यक्तित्व जिवनारायण खनालले समेत मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम सहायक प्र.अ. माधव प्रसाद पन्थीको संंचालन, सहायक प्र.अ. तारा प्रसाद भुसालको स्वागत मन्तव्य, विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्र बहादुर खड्काको अध्यक्षता, विद्यालयका प्र.अ. मान बहादुर पाण्डे, कार्यक्रम सौजन्यकर्ता जीवन भुसाल, राम प्रसाद भुसाल, वि.व्य.स. सदस्य हुम बहादुर महत, मालारानी गाउँपालिका वार्ड नं. ५ सदस्य डाल बहादुर चौहान, पूर्व शिक्षक जीवनारायण खनाल, प्राविधिक धार तर्फका संयोजन इन्जिनियर जीवन खनालको अतिथ्यता लगायत विद्यालयका सम्पर्ण शिक्षक, शिक्षीका र विद्यार्थीहरुको उपस्थितिमा सम्पन्न भएको विद्यालका प्राविधिक धार तर्फका सब इन्जिनियर जय बहादुर रोकायले जानकारी दिनुभयो ।