अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका बाहेकका सबै पालिका कोरोना मुक्त भएका छन् ।
मैदान स्वास्थ्य चौकी
सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, भूमिकास्थान नगरपालिका, मालारानी गाउँपालिका र छत्रदेव गाउँपालिका कोरोना मुक्त भएका हुन् ।
साथै अर्घाखाँचीडट्कमको दैनिक उप्डेट विवरण अनुसार पाणिनी गाउँपालिकामा सक्रिय कोरोना संक्रमितको संख्या ४ जना रहेको छ ।
उता जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४५०३ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १९७३ जना, भूमिकास्थान नगरपालिकामा ७६३ जना, शितगंगा नगरपालिकामा ४४४ जना, मालारानी गाउँपालिकामा ५६३ जना, पाणिनी गाउँपालिकामा ४५९ जना र छत्रदेव गाउँपालिकामा ३०१ जना संक्रमित रहेका छन् ।
साथै पछिल्लो २४ घण्टामा जिल्लाभर २ जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म ४४०८ जनाले कोरोना जितेका छन् । जसमा सन्धिखर्क नगरपालिकामा १९४३ जना, भूमिकास्थान नगरपालिकामा ७४७ जना, शितगंगा नगरपालिकामा ४३० जना, मालारानी गाउँपालिकामा ५४७ जना, पाणिनी गाउँपालिकामा ४४४ जना र छत्रदेव गाउँपालिकामा २९७ जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ९१ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३० जना, भूमिकास्थान नगरपालिकामा १६, शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १४, मालारानी गाउँपालिकामा १६, पाणिनी गाउँपालिकामा ११ र छत्रदेव गाउँपालिकामा ४ जना रहेका छन् ।
आईतवारको कोरोना विवरण यस्तो छ: