अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । राष्ट्रिय जनमोर्चा अर्घाखाँची जिल्ला अध्यक्ष थम्मन के.सीले पाल्पामा भएको बस दुर्घटना प्रति गहिरो दु:ख व्यक्त गर्नुभएको छ ।
अध्यक्ष थम्मन के.सीले पाल्पाको रिब्दीकोट २ मा आईतवार बिहान १०:४० बजे लु २ ख ७२७९ नम्बरको बस दुर्घट्ना हुँदा ज्यान गुमाएका प्रति गहिरो दु:ख व्यक्त गर्नुभएको हो । उहाँले मृतक प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
यस्तै के.सीले मृतकहरुलाई क्षतिपूर्ति दिनुका साथै घाइतेहरुको सुबिधा सम्पन्न अस्पतालमा नि:शुल्क औसधि उपचारको व्यवस्था मिलाउन राज्यको ध्यानाकर्षण समेत गराउनुभएकाे छ । घट्नाको सत्य तथ्य पत्ता लगाई आगामी दिनमा यस्ता खालको दुर्घट्ना हुन नदिन सबै सचेत हुनुपर्ने समेत उल्लेख गर्नुभएको छ ।
उता बस दुर्घट्ना हुँदा अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर २ का ४ जनाको निधन भएको छ ।
पाल्पाको रिब्दीकोट २ मा आईतवार बिहान १०:४० बजे लु २ ख ७२७९ नम्बरको बस दुर्घट्ना हुँदा मालारानी- २ मरेङका २८ वर्षीय भाजेन्द्र विक, ३६ वर्षिय मोहन कुँवर, ३३ वर्षीय अर्जुन सुनार र २६ वर्षीय शङ्कर विकको निधन भएको हो । यस्तै अन्य ३ जनाको घटनामा निधन भएको छ । ज्यान गुमाउने सबैको सनाखत भएको छ ।
यस्तै दुर्घटनामा पाणिनी १ का ५४ वर्षीय गोपाल नेपाली, छत्रदेव गाउँपालिका वार्ड नम्बर ३ का ४३ वर्षिय लाल बहादुर विक, मालारानी-२ क्रमश:- ३७ वर्षीय रमेश टोहटो, ३९ वर्षीय तुल्सीराम विक, २२ वर्षिय दिपक विक ३५ वर्षीय लक्ष्मण टोहटो, २७ वर्षीय बिष्णु विक घाइते भएका छन् । घाइते मध्ये रमेश टोहटो, तुल्सीराम विक र दिपक विकको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ भने बाँकीको मिसन अस्पतालमा उपचार भइरहेको छ ।
बुटवलबाट रिडी शव बोकेको पाल्पाको रिब्दीकोट गाउँपालिका २ लघुवामा बुटवलबाट रिडीतर्फ गएको लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भइ ६० मिटर तल खस्दा दुर्घटना भएको हो । बुटवलबाट मालारानी गाउँपालिका–२, मरेङका वीरबहादुर विश्वकर्माको शव बोकेर रिडीमा लगिएको बस दुर्घटना भएको थियो । सडक चिप्लो हुँदा बस दुर्घटनामा परेको प्रहरीको भनाइ छ।
ओरालो घुम्तीमा बस दुर्घटना भएको छ । चिप्लो सडकमा तीव्र गतिले गर्दा दुर्घटना भएको प्रहरीको अनुमान छ । घाइतेलाई स्थानीयवासी र प्रहरीले समयमा उद्धार गरे पनि शव निकाल्न समस्या भएको थियो । बसले च्यापिएको शव डोजर प्रयोग गरी निकालिएको थियो ।
उता घटनापछि अर्घाखाँची शोकमा डुबेको छ ।