अन्तत: अर्घाखाँचीमा प्रहरीद्धारा चालक र सहचालकहरुलाई स्वास्थ्य परीक्षण कार्यक्रम संचालन


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लामा प्रहरीले चालक र सहचालकहरुको स्वास्थ्य परीक्षण कार्यक्रम संचालन गरेको छ ।
अर्घाखाँचीडट्कममा गत पौष ९ गते शुक्रवार “अर्घाखाँचीमा स्वास्थ्यमा समस्या भएका अधिकांश चालकहरु गुडाउँछन् गाडी” शिर्षकमा प्रकासित समाचार आएसँगै प्रहरीले चालक र सहचालकहरुको स्वास्थ्य परीक्षण कार्यक्रम संचालन गरेको हो । 
जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीको संयुक्त आयोजनामा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेको  प्रमुख आतिथ्यतामा आज मंगलवारबाट जिल्लाका चालक र सहचालकहरुको स्वास्थ्य परीक्षण कार्यक्रम संचालन गरेको छ । 
कार्यक्रममा  बिभिन्न सवारी साधनका १४१ जना चालक तथा सह- चालक हरुको स्वास्थ्य परीक्षण गरिएको  थियोे ।  चालक र सहचालकहरुको स्वास्थ्य परिक्षणलाई जिल्लाभर निरन्तरता दिइने बताईएको छ । 
उता जिल्ला भित्र र बाहिर सवारी कुदाउने अधिकांश चालकहरुमा स्वास्थ्यमा समस्या भएको पाइएको हो ।
जिल्लामा सवारी साधान चलाउने पाका उमेरका सवारी चालकहरुको स्वास्थ्य परीक्षण गरेको देखिदैन । अर्घाखाँचीमा कयौ सवारी चालकहरु प्रेसरका समस्या भएका, नजिकको नदेख्ने, टाढाको नदेख्ने र रङ छुट्याउन नसक्ने जस्ता स्वास्थ्यमा समस्या रहेको देखिन्छ । 
आँखाको कमजोरी र उच्च रक्तचाप भएका चालकबाट दुर्घटनाको जोखिम हुने भएकाले दुर्घटना न्यूनीकरणका लागि स्वास्थ्य परीक्षण गर्नुपर्ने आवश्यक रहेको अधिकांश सवारी चालकहरुले अर्घाखाँचीडट्कमलाई बताए । साथै  जिल्ला ट्राफिक प्रहरी कार्यालयले यसमा ध्यान दिनपर्ने उनिहरु बताउन्छन् ।
आँखामा कमजोरी देखिएका व्यक्तिलाई चश्मा लगाउन र रक्तचाप भएकाहरुलाई खानपानमा ध्यान दिई स्वास्थ्य व्यवस्थापन गर्न सल्लाह प्रदान गर्न लगायतका लागि बेला-बेलामा स्वास्थ्य परीक्षण आवश्यक रहेको बताईएको छ ।  

अन्य समाचारहरु