कमला पाेख्रेल
चुत्राबेसी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले वार्ड नम्बर २ चुत्राबेसीका वादी समुदायलाई साेलार बत्ती वितरण गरेको छ ।
चुत्राबेसीकाे भद्री खाेलामा रहेका १३ वादी घर परिवारलाई आज एक कार्यक्रमका बिच नगर प्रमुख कमल प्रसाद भुसालले निशुल्क साेलार वितरण गर्नुभएको हाे ।
साेलार वितरण गर्दै नगर प्रमुख कमल प्रसाद भुसालले वादी समुदायको उत्थानमा नगरपालिकाले काम गरिरहेको बताउनु भयो । उहाँले वादी समुदायलाई निशुल्क घर बनाइदिएकाे बताउदै खानेपानीकाे ब्यबस्थापन गर्न तथा जिवनस्तर उकास्न नगरपालिकाले काम गरिरहेको बताउनुभयाे ।
कार्यक्रममा वडा अध्यक्ष माेतिजंग रायमाझीले वडा भित्र रहेका वादी समुदायको ब्यबस्थित बसाेबास निर्माणमा नगरपालिकाले काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य यमलाल पाैडेल, नगरपालिका याेजना शाखाका नारायण पाेख्रेल, सीता विसी, पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, स्थानीय मधु वादी लगायतकाे उपस्थितिमा साेलार बत्ती वितरण गरिएको हाे ।