सन्धिखर्कको श्री भगवती मावि कुर शंखेटारीमा १८ औ हरि स्मृति दिवस मनाईयो (फोटो फिचर)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित श्री भगवती माध्यमिक विद्यालय कुर शंखेटारीमा १८ औ हरि स्मृति दिवस  मनाईएको छ । 
सन्धिखर्कको श्री भगवती माध्यमिक विद्यालय कुर शंखेटारीमा आज बुधवार १८ औ हरि स्मृति दिवस  मनाईएको हो । 
कार्यक्रममा नगर प्रमुख कमल प्रसाद भुसालले  शिक्षा क्षेत्रमा लगानी अनुसारको प्रतिफल आउन नसकेको भन्दै गुणस्तर बृद्धिको निम्ति बिशेष भुमिका खेल्नु पर्ने बताउनु भयो ।
स्वर्गीय हरि खनालका भाउजु विमला खनाल अध्यक्षता र भगवति माध्यमिक विद्यालयका शिक्षक ध्रुर्व के.सीको स्वागत मनत्व्य र शोभाखर पन्थीको संचालनमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, सन्धिखर्क नगरपालिका वडा नं. २ का वडा अध्यक्ष मोतिजङ्ग रायमाझी, पूर्व प्रधानाध्यापक नरेन्द्र कुमार क्षत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्दराज आचार्य, विद्यालयका प्रधानाध्यापक श्यामबहादुर भुसाल, समाजसेवी तुल्सीराम खनाल, नेपाल पत्रकार महासंघका सचिव विनोद गैरे लगायतले मन्तव्य राख्नुभएको थियो । 
कार्यक्रममा आधाभुत तह (८)  उत्तीर्ण परीक्षा नगरपालिका भित्रका सामुदायिक विद्यालयबाट सर्वोत्कृष्टता प्राप्त गर्ने छात्र छात्रा , आधाभुत तह (८) वार्षिक परीक्षामा विद्यालयबाट सर्बोत्कृटता प्रप्त गर्ने उत्कृष्ट छात्र छात्रा एवं बकृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने छात्र छात्राहरुलाई पुरस्कार बितरण समेत गरिएको थियो ।
भगवती माध्यमिक बिद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्र हरिप्रसाद खनालको २०६१ साल पौष २१ गतेका दिन पोखरामा बालकल्याण समितिको कार्यक्रममा सहभागी भएर घर फर्कदै गर्दा नरपानीमा भएको सवारी दुर्घटनामा परि निधन भएको थियो । बहुप्रतिभासालि छात्र स्वर्गीय खनाल जिल्लाका जेहेन्दार बिद्यार्थी थिए । 
स्व. हरि प्रसाद खनालको परिवार, जिल्ला बालकल्याण समिति र भगवती माध्यमिक बिद्यालयले प्रत्येक बर्ष पौष २१ गते हरि स्मृति दिवस मनाउँदै आएका छन् ।

अन्य समाचारहरु