केशब घिमिरे | अर्घाखाँचीडट्कम संवाददाता
खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटमा गर्भवती महिला पोषण वितरण कार्यक्रम शुभारम्भ भएको छ ।
खाँचीकोट स्वास्थ्य चौकीमा गर्भवती महिला पोषण कार्यक्रम अन्तर्गत अण्डा क्यालसियम वितरण कार्यक्रम शुभारम्भ भएको हो ।
वार्ड कार्यालयको आ ब २०७८/०७९ द्वारा विनियोजन गरिएको गर्भवती महिला पोषण कार्यक्रम अन्तर्गत अण्डा क्यालसियम वितरण खाँचीकोट स्वास्थ्य चौकी मा आज एक कार्यक्रमकाबीच शुभारम्भ भएको छ ।
कार्यक्रम स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष प्रीतम बहादुर थापाको अध्यक्षता सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुली र ज स्वा नि धर्म पन्थीको विषेश आतिथ्यमा सुरुवात भएको छ ।
गर्भवती महिलाहरुले स्वास्थ्य संस्थामा नियमित गर्भ जांच ४,६,८र९ महिनामा आउनेलाई प्याकेज अनुसार अण्डा र क्यालसियम वितरण गरिनेछ ।