अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा भोली पौष २३ गतेदेखि शुरु हुने नेकपा (एमाले) अर्घाखाँचीको आठौं जिल्ला अधिवेशनकाे तयारी पुरा भएको छ ।
सन्धिखर्कमा भोली पौष २३ गतेदेखि शुरु हुने नेकपा (एमाले) अर्घाखाँचीको आठौं औ जिल्ला अधिवेशनकाे तयारी पुरा भएको हो ।
अधिवेशनमा सन्धिखर्कबाट ९९, मालारानीबाट ७२, शितगंगाबाट ६८, पाणिनिबाट ६४, भुमिकास्थानबाट ६१, छत्रदेवबाट ५६, शाखाबाट १५, आयाेजक कमिटी १००, मनाेनित २७ गरि कुल ५६३ प्रतिनिधि सहभागी हुनेछन् । अधिवेशनले ९० सदस्यीय जिल्ला कमिटीकाे निर्माण गर्नेछ ।
उता यसअघि आठौं जिल्ला अधिवेशनका लागि अर्घाखाँचीका ६ स्थानीय तहका ६१ वडा र शाखा सबैमा सर्वसम्मत प्रतिनिधि चयन भएका गरिएको थियो । शाखा र वडाबाट गरी ४ सय ३६ जना प्रतिनिधि चयन भएका छन् । १ सय सदस्यीय जिल्ला कमिटीका सदस्य स्वतः प्रतिनिधि हुने व्यवस्था छ । २७ जना प्रतिनिधि जिल्ला कमिटीको बैठकले मनोनीत गरेको छ । जिल्ला अधिवेशनका लागि ५ सय ६३ जना प्रतिनिधि छन् ।