अर्घाखाँचीडट्कम संवाददाता
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा स्वास्थ्यकर्मीहरुकाे लागि आधारभूत क्षमता अभिवृद्धि तालिम शुभारम्भ भएको छ ।
भूमिकास्थान नगरपालिकामा आज बिहिवार बृहत पोषण विशेष कार्यक्रम सम्बन्धी स्वास्थ्यकर्मीहरुकाे लागि आधारभूत क्षमता अभिवृद्धि तालिम शुभारम्भ भएको हो ।
कार्यक्रममा नगर प्रमुख रेशम थापा, नगर उप प्रमुख खडानन्द बेल्बासे , प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राउत क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।