मैदानमा ८ दिने उद्यमशीलता तालिम तालिम प्रभाकारी वन्दै, तालिममा सहभागी उत्साहित (भिडियो, तस्बिरहरु)
पौष २३ गते, २०७८ मा प्रकाशित
डिआरजी सुमन
मैदान,शुक्रवार २३ पौस २०७८ अर्घाखाँची डटकम । पाणिनी गाउँपालिका ५ मैदानमा पाणिनी गाउपालिकाको आयोजनामा संचालित गरीबीनिवारणका लागी लघु उधम बिकास कार्यक्रम अन्तर्गत आठ दिने उद्यमशीलता तालिममा मैदानवाट उत्साहपुर्णा सहभागिता रहेको छ ।
मैदानमा कार्यक्रमको उद्द्घाटन दिन देखि आज तेस्रो दिन सम्मको रिपोर्ट लाई मध्यानजर गर्दा तालिममा उत्साहित तवरले निरन्तरसहभागीले सहभागिता जनाएकोमा तालिम प्रभाविकारी हुनेमा कुनैपनि संका नरहेको उद्यम विकास सहजकर्ता दिनेश शर्माको भनाई छ ।
मैदानको महिला भवनमा संचालित तालिम तीन दिनमै व्यबसायिक सचेतना सम्बन्धि धेरै ज्ञान प्राप्त भएको तालिममा सहभागी भिमलालघिमिरेले वताउनु भएको छ ।
मध्यपूर्व तथा अफ्रीकी मुलुकमा लामों समय वैदेशिक रोज़गार गरी गाँउ फर्किएर अव गाँउ मै व्यावसायिक कृषि सुरु गर्ने सोच वनाएको वताउने सहभागी जागीश्वर घिमिरेले यो तालिम लिदैगर्दा व्यवसायिक कृषि सुरु गर्न थप उत्प्रेरणा मिलेकोवताउनु हुन्छ ।
पाणिनि गाँउ पालिका मैदानमा संचालित तालिमका मुख्य प्रशिक्षक उधम बिकास सहजकर्ता दिनेश शर्माले सफल उधमिहरुको केन्द्रबिन्दु मैदानमा हुने प्रक्षेपण गरेको वताउनु भएको छ । मैदानमा संचालित तालिममा महिला तथा पुरुष उत्सुकताको साथ सिकाईमालाग्नुले आफुलाई पनि सिकाउदा सहजता भएको ओजेटी विद्यार्थी रिता चुदालिले भनाई छ । – तस्वीर डिआरजी सुमन/अर्घाखाँची ।