अर्घाखाँचीमा एमालेको अधिबेसन निरंकुशताको पराकाष्ट | जिल्लभर कार्यकर्तामा व्यापक असन्तुष्टी


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) अर्घाखाँचीको आठौं  जिल्ला अधिवेशन सम्पन्न सँगै जिल्लभर कार्यकर्तामा व्यापक असन्तुष्टी  बढेको छ ।
सन्धिखर्कमा एमाले अर्घाखाँचीको आठौं  जिल्ला अधिवेशनबाट निर्विरोध निर्वाचित अध्यक्ष पिताम्बर भुसाल लगायत ९० जनाको कमिटी नै मान्य नहुने तथा अधिबेसन निरंकुशताको पराकाष्ट भएको जिल्लाभरका नेता, कार्यकर्ताले बताएका हुन् ।
उता पुर्वअध्यक्ष चेत नारायण आचार्य पक्षले कोठामा बसेर जिल्ला अधिवेशनको एक हप्ता अगाडि नै ९० जनाको जिल्ला कमिटी लिष्ट तयार गरेर कुनै प्रक्रिया बिना हिजो निर्विरोध निर्वाचितको विवरण घोषणा गरेको  नेता, कार्यकर्ताको आरोप छ ।  
यस्तै नेकपा (एमाले) नेता खुबिराम आचार्यले एमाले अर्घाखाँचीको अधिबेसन निरंकुशताको पराकाष्ट भएको भन्दै सामाजिक संजालमा असन्तुष्टी पोखेका छन् । जिल्ला उपाध्यक्षका आकांक्षी खुबिराम आचार्यले पार्टीभित्र इमान्दार कार्यकर्तालाई पाखा लगाएर गरेको अधिवेशन निरंकुशताको पराकाष्ठा भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले उम्मेदवारीका लागि दिएको दरखास्त च्यातिदिएर अन्तिममा दिएको दस्तुर फिर्ता र दरखास्त कागज डस्टबिनमा फाल्ने काम गरिदिएको बताए ।
उनले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्का (उज्ज्वल)ले निरंकुश शैलीमा ७० प्रतिशत एमालेको जनमतलाई बाहिर फालेर जनमत नभएका केपी भुसाललाई बोकेर हिँडेको र अधिवेशनलाई गाईजात्रा बनाएको आरोप लगाएका छन् । खड्का पूर्वमाओवादी नेता हुन् ।
उनले लेखेका छन्; ” मेरो परिबार भित्र मेरो बुवाको मृत्यु पछिको अबिभाबक बुवा समान मानेर आजसम्म  जुन सम्मान  गरे, त्यस को परिणाम आज भोगे धन्यबाद चेतन कमरेड । म सडक बाट टिपेर ल्याएको नेता थिइन ।७०% कार्यकर्ता को भावना को कदर गरेको थिए । उम्मेदवारिको दरखास्त खोल्तिमा रखाउन लगाएर च्यातिदिने र बुझाएको पैसा खोल्तिमा जुन राख्न लगाउनु भयो र दिएको  दरखास्त लाई जुन डस्पिनमा राख्न लगाउनु भयो ठिक छ । तपाईं 30% को पछि दगुर्नु भा छ कुनैदिन गल्ती महसुस गर्नु हुने छ तपाईं को पछि कोहि न हुदा । सोच्नु होला एकान्त मा कस्तो कमिटी बनाए भनेर । हिजो पार्टी फुट्दा पार्टी जोगाउने हामी आज इमान्दार कार्यकर्ता बाहिर फालेर चलोस तपाईं को एमाले कती दिन चल्ने हो हेरौला । निरंकुशता को पराकास्ट क.केबि भुसाल लाई बोकेर कति दिन साथ दिने हुन र केबि भुसाल को पछाडी कति जना मान्छे छन त्यो पनि जीवन भर बुझ्नु र  हेर्दै जानू ।  अन्तिम मा आदरणीय  चन्द्र खडका दाजु हामी यस्तो पाराले राजनैतिक गरेका थिएनौ हामी मा जनबाद थियो ।यस्तो  निरंकुसता  अहिले आएर भोगियो 70% जनमत को मान्छे लाई फालेर जुन अपाङ कमिटी बनाउने कुरामा सहमती गर्नु भो यो तपाईं को राजनैतिक भबिस्यको सुन्दर पक्ष होइन। दाजु यसरी हिजो  निरंकुशता मा पार्टी चलाएका होइनौ हामी । यस्तो गाइजात्रा अधिबेशन 2050 साल पछि म देखेको र भोगेको आज हो।
यस्तै उता ९० जनाको जिल्ला कमिटीलाई लिएर राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचीव गोबिन्द प्रसाद भुसालले एमाले परित्याग गरेका छन् ।
पार्टी भित्र चरम गुटबन्दी, व्यक्तिगत मनोमानी, चरम अबसरबाद, नाताबाद कृपाबाद र नेतृत्वमा देखिएको निरंकुशता देखिको आरोप लगाउँदै साधारण सदस्य समेत नरहने गरि एमाले परित्याग परित्याग गरेको सचीव भुसालले सामाजिक सञ्जाल फेसबुक मार्फत लेखेका छन् ।
साथै एमालेको ९० जनाको जिल्ला कमिटी निर्विरोध निर्वाचितको विवरण यस्तो छ:   

अन्य समाचारहरु