अर्घाखाँचीमा एमाले अध्यक्ष भुसालद्वारा पदभार ग्रहण


शोभाखर पन्थी 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले एक समारोहका बीच आज पदभार ग्रहण गर्नुभएको छ ।
नेकपा एमालेको ८ औं  जिल्ला अधिवेशन बाट सर्बसम्मत अध्यक्ष चयन हुनुभएका उहाँले आजै देखि औपचारिक रुपमा पार्टी नेतृत्व समाल्नु भएको हो । 
यस अघि जिल्ला अधिबेशन बाट निर्वाचित जिल्ला अध्यक्ष भुसाल लगायतका पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र बितरण गरिएको थियोे ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले  अधिवेशन पछि नेकपा एमाले थप एकताबद्ध र सुदृढ पार्टी भएको बताउनुभयो । उहाँले एमाले भित्र विवाद सिर्जना गरि पार्टी लाई अस्तव्यस्त पार्नेहरुको सपना सर्वसम्मत नेतृत्व चयनले चकनाचुर  पारेको भन्दै उच्च मनोबलका साथ पार्टी काममा जुट्न कार्यकर्ता लाई अग्रह गर्नुभयो ।
नेकपा एमाले केन्द्रीय सल्लाहकार  परिषद् सदस्य नरेन्द्र कुमार क्षेत्रीले आसन्न ३ वटै तहका निर्वाचन जित्ने गरि जिल्ला व्यापी पार्टी निर्माणमा लाग्न आग्रह गर्नुभयो । 
नेकपा एमालेका निवर्तमान अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता र कार्यालय सचिव लिलबहादुर वि.क.को संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य कुटमदिन अलि,केवी भुसाल , सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसाल लगायतका वक्ताहरुले मन्तव्य राख्दै नयाँ कमिटीलाई बधाई ज्ञापन गर्नुभएको थियो । 
यसैबीच नेकपा एमाले जिल्ला पदाधिकारीको बैठक पार्टी कार्यालय सन्धिखर्कमा सम्पन्न भएको छ । बैठकले संगठन सुदृढीकरणको निम्ति बिशेष योजनाका साथ कार्यकर्ता र जनताको बीच जाने निर्णय गर्दै तत्काल पालिका स्तरका बैठकको मिति समेत तय गरेको छ । जस अनुसार माघ-३ गते मालारानी,माघ-४ गते छत्रदेव,माघ -५ गते सन्धिखर्क,माघ- ११गते पाणिनि ,माघ -१२ गते भुमिकास्थान र माघ-१३ गते शितगंगाको बैठक गर्ने निर्णय गरेको छ ।यसैगरी बैठकले  प्रदेश अधिवेशनको लागि प्रतिनिधि चयनको निम्ति पालिका कमिटी लाई सुचना प्रवाह गर्न लगाउने निर्णय गर्नुका साथै अधिवेशन सम्पन्न गर्न सहयोग पुर्याउने सबै महानुभाव हरुलाई धन्यावाद ज्ञापन गरेको छ ।

अन्य समाचारहरु