डिभर्ना र किमडाँडामा मेलमिलाप केन्द्र स्थापना (तस्बिरहरु)


कमला पोख्रेल 
डिभर्ना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ किमडाँडा र ११ डिभर्नामा मेलमिलाप केन्द्र स्थापना गरिएको छ ।
 
 मेलमिलाप केन्द्रको स्थापना गर्दै  नगर उप प्रमुख तथा न्यायिक समितिका संयोजक ठाकुर कुमार विकले  साना तिना झैझगडा मेलमिलापको माध्यमबाट गाउँमै मिलाउन आग्रह गर्नुभयो ।
 
प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले दुबै पक्षका ब्यक्तिहरुलाई छलफलमा राखेर मेलमिलापको माध्यमबाट झगडाहरु मिलाउन आग्रह गर्नु भयो ।
 
कार्यक्रममा न्यायिक समितिका सदस्य  आशा परियार , अधिकृत छैठौ जीवनारायण आचार्य , पत्रकार माहासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य  लगायतको उपस्थिति रहेको थियोे ।
वडा नम्बर ८ को कार्यक्रम कार्यबहाक वडा अध्यक्ष नारायण प्रसाद अर्याल, नगरपालिका योजना शाखाका नारायण पोख्रेल,  लगायतको उपस्थिति रहेको थियोे ।
वडा नम्बर ११ को कार्यक्रममा वडा अध्यक्ष धु्रबराज आचार्य, तथा स्थानीय सरोकारवालाहरुको उपस्थिति रहेको थियोे ।

अन्य समाचारहरु