अनिल नेपाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा सुविधा सम्पन्न प्रविधियुक्त तरिकारले डाईभिङ (हलुका सवारी चालक) तालिम दिन थालेपछि परिक्षार्थीमा खुसीयाली छाएको छ ।
प्रविधियुक्त दक्ष प्रशिक्षक नहुँदा सदैब जिल्ला बाहिर जानुपर्ने समस्यालाई मध्यनजर गदै पुजा पुनम डाईभिङ इटुच्युटरले विगत केही बर्षदेखि सरल सहज रुपमा सेबा उपलब्ध गराउदै आएको छ ।
अर्घाखाँची जिल्लामा विगत केही बर्ष अगाडि सडकका छेउमा खलासी गरेर ३ बर्षमा डा«ईभिङ सिकेको भुमिकास्थान नगरपालिका वडा न ९ का चालक रामु विश्वकर्माको भनाई रहेको छ । पुजा पुनमले शिकाएर दक्ष बनाएका चालक अहिले पनि बजारमा धेरै रहेका छन् ।
काम गराउने तर सिप सिकाउन नसक्ने धेरै जनशक्ति भएको बखतमा अर्घाखाँची जिल्लामा पुजा पुनमले सिकाएको सिपले गर्दा अर्घाखाँची जिल्लामा ग्रामीण भेगमा समेत ट्याक्सी सरर सरर चल्न थालेका छन् । सैदान्तिक ज्ञानलाई भन्दा व्यबहारिक ज्ञानलाई बढी प्राथमिकता दिने संस्थाका प्रबन्धक महेन्द्र प्रसाद भुसालको भनाई रहेको छ ।
सिप भएको खण्डमा मानिसले जे गरेर पनि आफुले जिविकोपार्जन गर्न सक्ने भन्दै दक्ष जनशक्ति उत्पादन गनु अहिलेको आबश्यकता रहेको भुसालको भनाई रहेको छ । भुसालले ३ रोपनी जग्गामा सन्धिखर्क नगरपालिका वडा न १ मा डाईभिङ इन्स्च्युट आधुनिक प्रविधिका साधनको प्रयोग गरेर सञ्चालन गर्नुभएको छ । देख्दा सामान्य र सरल देखिने भुसाल कडा मिहिनेत गनुहुन्छ सामाजिक कार्यको पहिचान बनाएका भुसालले विगत केही बर्षदेखि सञ्चालन गदै आउनुभएको छ ।
भुसालले सिप शिकाएर आफुको समेत जिबन परिबर्तन गरिदिएको चालक जित बहादुर नेपालीको भनाई रहेको छ । सामान्य परिबारमा जन्मेका नेपालीको घरको आर्थिक अबस्था कमजोर थियो स्कुल पढ्ने इच्छा हुदाहुदै पनि पढ्न सकेनन् त्यसकारणले गर्दा भुसाललाई नेपालीले सम्झिरहन्छन् ।
नेपालीले बिगत केही महिना अगाडि ३ महिनासम्म तालिम लिएका थिए भुसालले मोटरसाईकल जिप कार लगायतका गाडीहरुको सैदान्तिक रुपमा व्यबहारिक रुपमा तालिम दिईन्छन् ।