केशब पन्थी | अर्घाखाँचीडट्कम संवाददाता
बल्कोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ३ बल्कोटको मालिकामा नेपाली कांग्रेसको टोल समिती गठन भएको छ ।
बल्कोटको मालिकामा आज बिहिवार तुल्सिराम पाण्डेको सभापतित्वमा कांग्रेसको टोल समिती गठन भएको हो ।
यस्तै अर्घाखाँचीडट्कमलाई प्राप्त जानकारी अनुसार नयाँ समितीमा उपसभापति मेघनाथ बेल्बासे, सचिवमा दुर्गा लामिछाने, सह-सचिवमा मेघ बहादुर कुमाल, कोषाध्क्ष्यमा खिमा भुसाल चयन भएका छन् ।
साथै समितीको सदस्यहरुमा क्रमश:- हिम्मत पन्थी, ठाकुर सापकोटा, लालमणी पाण्डे, तुल्सा पाण्डे, गोमा कुमाल “क”, गोमा कुमाल “ख”, दामोदर लामिछाने, रुपा पाण्डे, अन्जु भुसाल र रुपा पाण्डे चयन भएका छन् ।