सौर्य नारायण न्यौपाने
पटौटी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ४ पटौटीमा ८ दिने लघु उद्यमी तालिम सम्पन्न भएको छ ।
पटौटीमा पाणिनी गाउँपालिकाबाट संचालित गरिबी निवारणका लागि ८ दिने लघु उद्यमी तालिम आज बिहिवार सम्पन्न भएको हो ।
तालिम समापनको अवसरमा पालिका उपाध्यक्ष लक्ष्मी गौतम, वार्ड अध्यक्ष स्थानेश्वर घिमिरे र प्रशिक्षक डम्बर डागीले सहभागीहरुलाई प्रमाण पत्र बितरण गरेका थिए ।