पोखराथोकमा क्षमता भन्दा बढी यात्रु बोकेको जीप दुर्घट्ना, १९ जना सामान्य घाइते


अर्घाखाँचीडट्कम संवाददाता 
पोखराथोक, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका वार्ड नं २ पोखराथोकको चिसापानी डाबिल्डाँडामा यात्रु बाहक जीप दुर्घट्ना भएको छ । 
पोखराथोकको चिसापानी डाबिल्डाँडामा आज शुक्रवार पाल्पाको तानसेनबाट सन्धिखर्कको लागि छुटेको लु १ ज १९१६ नम्बरको देउराली यातायातको यात्रु बाहक जीप दुर्घट्ना भएको हो ।
दुर्घट्नामा जीपमा सवार ६ जना बालबालिकासहित १९ जना सामान्य घाइते भएका छन् । साथै उनिहरुलाई मिसन हस्पिटल पाल्पामा उपचारका लागि पठाइएको छ । 
दुर्घट्नामा पाणिनी गाउँपालिका वर्ड नं. १ का वडाध्यक्ष शालिकराम भट्टराई, अशोक सारु मगर, सपना परियार, गौरव भुसाल, बिमला शर्मा, बावुराम भुसाल, नमा बस्नेत, गीता बि ।क ।, मीना रेश्मी मगर, विमला पोख्रेल लगायतलाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । 
क्षमता भन्दा बढी यात्रु बोकेको जीप दुर्घट्ना कारण खुल्न सकेको छैन् । जीप सडकदेखि करिव ४० मिटर तल खसेको छ । 
उता देउराली यातायातका पुराना जीपहरुले जिल्लाभर क्षमता भन्दा बढी यात्रु बोक्दै आएका देखिन्छन् । 

अन्य समाचारहरु