किमडाँडाका क्यान्सर पीडित युवालाई आर्थिक समस्या, दिल्लीको अस्पतालबाट सहयोगको याचना
माघ २ गते, २०७८ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
नयाँ दिल्ली (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर- ८ किमडाँडाको खापडाँडाका ठुलो आन्द्रामा क्यान्सर पीडित नारायण पराजुलीको उपचारका लागि आर्थिक समस्या परेको छ ।
किमडाँडाको खापडाँडाका ३२ वर्षिय ठुलो आन्द्रामा क्यान्सर पीडित नारायण पराजुलीको उपचारका लागि आर्थिक समस्या परेको हो ।
पराजुली ३ वर्षदेखि भारतको नयाँ दिल्लीको अल इन्डिया मेडिकल (एम्स) हस्पिटलमा उपचार गराइरहेका छन् । उनको उपचारका लागि परिवारले सबै सम्पत्ति बेचे पनि अहिलेसम्म स्वास्थ्यमा सुधार आउन सकेको छैन् ।
उता बिण्णु प्रसाद पराजुलीले अर्घाखाँचीडट्कमलाई जानकारी गराए अनुसार आन्द्राको अप्रेसन पछि अहिले शरीर भित्रको आन्द्रा बाहिर निकालेर दिसा गराइदै आएको छ । साथै आर्थिकका कारण उनको थप उपचार गराउन समस्या परेको छ ।
नारायणका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् । देश विदेशमा कसैले सहयोग गर्न परेमा तलको बैंक खातामा पैसा जम्मा गर्न तथा फोनमा संपर्क सकिने बताइएको छ ।