अर्घाखाँचीमा सन्तानको रहर पुगेका दम्पतीहरुका लागि परिवार नियोजन स्थायी बन्ध्याकरण संचालन


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा सन्तानको रहर पुगेका दम्पतीहरुका लागि परिवार नियोजन स्थायी बन्ध्याकरण ( चिकित्सा सेवा ) संचालन भएको छ । 
सन्धिखर्कमा रहेको सरकारी अस्पताल 

जिल्लामा सन्तानको रहर पुगेका दम्पतीहरुका लागि परिवार नियोजन स्थायी बन्ध्याकरण ( चिकित्सा सेवा ) संचालन भएको हो ।
शितगंगा नगरपालिकाको ठाडा स्वास्थ्य चौकीमा आज संचालन गरिएको छ । यस्तै मालारानी र छत्रदेव गाउँपालिकाका लागि भोली माघ ३ गते जिल्ला अस्पतालमा संचालन हुनेछ । 
साथै माघ ४ गते भूमिकास्थान नगरपालिका र पाणिनी गाउँपालिकाका लागि जिल्ला अस्पतालमा संचालन हुनेछ ।
अन्तिम दिन माघ ५ गते सन्धिखर्क नगरपालिकाका दम्पतीहरुले जिल्ला अस्पतालबाट सेवा लिन सक्नेछन् । 

अन्य समाचारहरु