अर्घाखाँचीमा कांग्रेस सभापतिले आफ्ना समर्थकहरुलाई पार्टीको नाममा बनेका फेसबुक आईडी हटाउन निर्देशन दिए


अर्घाखाँची डट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची अर्घाखाँची डट्कम) । अर्घाखाँची जिल्लामा नेपाली कांग्रेस सभापति केशव श्रेष्ठले आफ्ना समर्थकहरुलाई पार्टीको नाममा सञ्चालन भएका फेसबुक अकाउण्ट हटाउन निर्देशन दिएका छन् ।
श्रेष्ठले आज सोमवार एक विज्ञप्ती जारी गरी आफ्ना समर्थकहरुलाई पार्टीको नाममा सञ्चालन भएका फेसबुक अकाउण्ट हटाउन  निर्देशन दिएका हुन् ।
नेपाली कांग्रेस जिल्ला कार्य समिती अर्घाखाँची भनि विभिन्न व्यक्तिहरुले फेसबुक अकाउण्ट सञ्चालन गरेको पाईएकोले भन्दै पार्टीको नाममा आधिकारीकता बिना कुनै पनि फेसबुक अकाउण्ट सञ्चालन नगर्न उनले आग्रह गरेका छन् ।
कांग्रेस समर्थकहरुले पार्टीका गतिविधी प्रचार प्रसार गर्नका लागि  फेसबुक अकाउण्ट खोलेका देखिन्छन् । 

अन्य समाचारहरु