अर्घाखाँचीमा आज सोमवार १८ जनाले काेराेना जिते, २३ जना नयाँ संक्रमित थपिए (सम्पुर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा २३  जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या १८५ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ९२  जना, भूमिकास्थान नगरपालिकामा १२  जना,  शितगंगा नगरपालिकामा ५१ जना,  मालारानी गाउँपालिकामा ६,    पाणिनी गाउँपालिकामा २१   र छत्रदेव गाउँपालिकामा ३  जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४७११ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा २०६८  जना, भूमिकास्थान नगरपालिकामा ७७७ जना,     शितगंगा नगरपालिकामा ४९८ जना, मालारानी गाउँपालिकामा ५६९ जना,  पाणिनी गाउँपालिकामा ४९४ जना  र छत्रदेव गाउँपालिकामा ३०५   जना संक्रमित रहेका छन् ।   
साथै पछिल्लो २४ घण्टामा जिल्लाभर १८  जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म  ४४३५ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा १९४६  जना, भूमिकास्थान नगरपालिकामा ७४९  जना,  शितगंगा नगरपालिकामा ४३३  जना,   मालारानी गाउँपालिकामा ५४७ जना,    पाणिनी गाउँपालिकामा ४६२  जना   र छत्रदेव गाउँपालिकामा २९८  जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ९१ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३०  जना, भूमिकास्थान नगरपालिकामा १६, शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १४, मालारानी गाउँपालिकामा १६, पाणिनी गाउँपालिकामा ११   र छत्रदेव गाउँपालिकामा ४ जना  रहेका छन् ।

सोमवारको कोरोना विवरण यस्तो छ:

अन्य समाचारहरु