अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेत्रविक्रम विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुले अर्घाखाँचीडट्कमका प्रतिनिधिहरुलाई भौतिक कारबाही गर्ने धम्की दिएका छन् ।
उक्त समाचारलाई लिएर असन्तुष्टी रहेका विप्लव कार्यकर्ताले विभिन्न आरोप लगाउदै निरन्तर सार्वजनिक रुपमा कारबाही गर्ने धम्की दिएका छन् । उनिहरुले जिल्लाका स्थानिय जनप्रतिनिधी लगायत धेरैलाई प्रचार प्रसारको नाममा पैसा घुस माग्दै हिड्ने गरेको आरोप समेत लगाएका छन् । यस्तै डट्कमलाई दलाल मिडियाले धेरै लाई ठगेको र धेरै ठाउँ भ्रस्टचार गरेको जस्ता प्रमाण बिनाका आरोप लगाएका छन् ।
यस्तै आईतवार प्रकासित उक्त समाचारमा व्यापारीहरुले “नयाँ अनुहारका विप्लवको कार्यकर्ताले यो हौ त्यो हौ भन्दै चन्दा माग गरेका” लगायत दिएको जानकारी, गुनासोलाई समटेर समाचार प्रकासित भएको केही समयमा
विप्लव नेकपाका जिल्ला सेक्रेटरी खेम घर्तिले खण्डन गरेका थिए । उनले व्यवसायीले व्यबसाय गरे बापत जनताको सरकारलाई कर तिर्नु पर्ने बताएका थिए ।
उता विप्लव नेकपाका कार्यकर्ताहरुले दिएको धम्की र आरोपलाई लिएर डट्कमका सम्पादक सन्तोष के.सीले घोर भर्त्सना गर्नुभएको छ । डट्कमले यतार्थ सबै पक्षका समाचार लेखेको र लेख्दै आएको छ । डट्कममा विज्ञापन गरे वापत रकम अहिलेसम्म स्थानिय तहले दिएका छैनन् । लगभग २ दशकको अवधिमा डट्कमले अहिलेसम्म कसैसँग घुस मागेको, कसैबाट संचालित छैन् । स्थापित मिडिया माथि पैसा घुस लिएको, ठगेको जस्ता झुट भ्रम फैलाउनेलाई कानुनी कारबाही हुनेछ ।
साथै डट्कमले संस्थालाई दिएको धम्की र आरोपलाई छानबिन गर्न तथा पत्रकारको जीउ धन र प्रेस स्वतन्त्रताको रक्षाका लागि प्रहरी, प्रशासन तथा पत्रकार महासंघ अर्घाखाँचीलाई अनुरोध गरेको छ ।