अर्घाखाँचीमा सबै भन्दा बढी जनसंख्या सन्धिखर्कमा ४२,५२८ पुग्यो | पुरुष भन्दा ३,५ १४ बढी महिला (पुरा जनसंख्या विवरण हेर्नुस्)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।   अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको जनसंख्या ४२ हजार  ५ सय २८ पुगेको छ । 
सन्धिखर्क नगरपालिकाको जनसंख्या ४२ हजार  ५ सय २८ पुगेको हो । जिल्लामा सबैभन्दा बढी जनसंख्या रहेको सन्धिखर्क नगरपालिकामा पुरुष भन्दा ३ हजार ५ सय १४ बढी महिलाको जनसंख्या रहेको छ । जसमा महिलाको जनसंख्या २३,०२१ र पुरुषको जनसंख्या १९,५०७ रहेको छ ।     
उता जिल्लाको जनसंख्या १ लाख ७७ हजार  २ सय पुगेको छ । २०७८ सालको जनगणनामा जिल्लाको जनसंख्या १ लाख ७७ हजार  २ सय पुगेको हो ।
अर्घाखाँचीडट्कमलाई प्राप्त जनगणना विवरण अनुसार जिल्लामा पुरुष भन्दा १५ हजार १ सय ७४ बढी महिलाको जनसंख्या रहेको छ । जसमा जिल्लामा महिलाको जनसंख्या ९६,१८७ र पुरुषको जनसंख्या ८१,०१३ रहेको छ ।  
 २०६८ सालको जनगणनामा अर्घाखाँचीको जनसंख्या १ लाख ९७ हजार ६ सय ३२ थियो । १० वर्षको तुलनामा जनसंख्या वृद्धिदर -१ दशमलव ०५ प्रतिशतले कमी आएको छ। जस अनुसार अर्घाखाँचीमा २० हजार ४ सय ३२ ले जनसङ्ख्या वृद्धिदरमा कमी आएको छ। 
जिल्लाको जनसंख्यामा कमी आउनु जन्मदर र बसाइँसराइका कारण भएको हो । 
साथै जिल्लामा घर संख्या ४५,१९ रहेको छ । र परिवार संख्या ४९०८० रहेको छ ।  यस्तै सबै ६ पालिकाहरुमा पुरुष भन्दा बढी महिलाको जनसंख्या रहेको छ ।  
सन्धिखर्कको जनसंख्या यस्तो छ:- 
सन्धिखर्क नगरपालिका
जनसंख्या: ४२,५२८   अर्घाखाँचीडट्कम
महिला: २३,०२१ 
पुरुष: १९,५०७  

अन्य समाचारहरु