भूमिकास्थान नगरपालिकाको जनसंख्या २८,३१७ पुग्यो | पुरुष भन्दा २,९४३ बढी महिला पुगे (पुरा जनसंख्या विवरण हेर्नुस्)


अर्घाखाँचीडट्कम संवाददाता 
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।   अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाको जनसंख्या २८ हजार  ३ सय ९७ पुगेको छ । 
भूमिकास्थान नगरपालिकाको जनसंख्या २८ हजार  ३ सय ९७ पुगेको हो । भूमिकास्थान नगरपालिकामा पुरुष भन्दा २ हजार ९ सय ४३ बढी महिलाको जनसंख्या रहेको छ । जसमा महिलाको जनसंख्या १५,६३० र पुरुषको जनसंख्या १२,६८७ रहेको छ ।     
उता जिल्लाको जनसंख्या १ लाख ७७ हजार  २ सय पुगेको छ । २०७८ सालको जनगणनामा जिल्लाको जनसंख्या १ लाख ७७ हजार  २ सय पुगेको हो ।
अर्घाखाँचीडट्कमलाई प्राप्त जनगणना विवरण अनुसार जिल्लामा पुरुष भन्दा १५ हजार १ सय ७४ बढी महिलाको जनसंख्या रहेको छ । जसमा जिल्लामा महिलाको जनसंख्या ९६,१८७ र पुरुषको जनसंख्या ८१,०१३ रहेको छ ।  
 २०६८ सालको जनगणनामा अर्घाखाँचीको जनसंख्या १ लाख ९७ हजार ६ सय ३२ थियो । १० वर्षको तुलनामा जनसंख्या वृद्धिदर -१ दशमलव ०५ प्रतिशतले कमी आएको छ। जस अनुसार अर्घाखाँचीमा २० हजार ४ सय ३२ ले जनसङ्ख्या वृद्धिदरमा कमी आएको छ। 
जिल्लाको जनसंख्यामा कमी आउनु जन्मदर र बसाइँसराइका कारण भएको हो । 
साथै जिल्लामा घर संख्या ४५,१९ रहेको छ । र परिवार संख्या ४९०८० रहेको छ ।  यस्तै सबै ६ पालिकाहरुमा पुरुष भन्दा बढी महिलाको जनसंख्या रहेको छ ।  
भूमिकास्थानको जनसंख्या यस्तो छ:- 
भूमिकास्थान नगरपालिका   
जनसंख्या: २८,३१७    
महिला: १५,६३० 
पुरुष: १२,६८७ 

अन्य समाचारहरु