धातिवाङ्गमा निर्माण भएको स्मार्ट कृषि बहुउद्देश्यीय भवनको उद्घाटन कार्यक्रम सम्पन्न (फोटो सहित)


डिआरजी सुमन
धातिवाङ्ग, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका वार्ड नम्बर ६  धातिवाङ्गमा निर्माण भएको स्मार्ट कृषि बहुउद्देश्यीय भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । 
धातिवाङ्गमा निर्माण भएको स्मार्ट कृषि बहुउद्देश्यीय भवनको आज शुक्रवार उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । 
लुम्बिनी प्रदेश सरकार कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालय कृषि विकास निर्देशनालय कृषि ज्ञान केन्द्र अर्घाखाँचीको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको भवनको लुम्विनी प्रदेश सभा सदस्य राम्जी प्रसाद घिमिरेले  उद्घाटन गर्नु भएको थियो ।  
उता धातिवाङ र अड्गुरीलाई जोड्ने पक्कि पुलको शुक्रवार उद्धघाटन गरिएको छ । 
भन्ज्याङ्ग,झन्द्रेक, धातिवाङ्ग,नेटा ,देउराली मोटरबाटो अन्र्तगत डल्लेरहमा निर्माण गरिएको पुलको उद्घाटन गरिएको हो ।
लुम्विनी प्रदेश सभा सदस्य राम्जी प्रसाद घिमिरेले उद्धघाटन पुलको उद्घाटन गर्दै आफुले एउटा जनप्रतिनिधिको हैसियतमा भुमिका निर्वाह मात्र गरेको बताउनुभएको छ ।
ठेक्का सम्झौता भन्दा अगाडी कार्य सम्पन्न गरेको भन्दै घिमिरेले निर्माण कम्पन्निलाई विषेश धन्यवाद दिनुभयो ।उहाँले जनताको करबाट संकलित रकम बजेटको रुपमा आएको भन्दै विगत लामो समयदेखि समस्याको रुपमा रहेको यो ठाँउमा कसैले आखाँ पुर्याउन नसकेको प्रति चिन्ता ब्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अथिति समेत रहनुभएका घिमिरेले आफु सभासद बनेपछि यो र यस्तै प्रकृतिका थुप्रै काम भएको बताउदै यसबाट विषेश फाईदा लिन आग्रह गनुभएको छ ।
राज्यको रकमबाट प्राप्त सुविधाको निम्ति जनतालाई प्रलोभनमा पार्ने र पार्टि प्रवेश जस्ता सर्त राखेको विषय सुनिन आएको प्रति गम्भिर हुन दलहरुलाई आग्रह समेत गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै नेकपा एमाले पाणिनि गाँउपालिका कमिटि अध्यक्ष कमल प्रसाद घिमिरेले जनप्रतिनिधिको हैसियतमा जनताको समस्या सित नजिक हुनु नै असल अभ्यास हुने र त्यसको उदाहरण पुल भएको बताउनु भयो ।
यस्तै नेपालि कांग्रेस पाणिनी गाँउपालिका सभापति तुल्सि पौडेलले सांसद घिमिरेले गरेको यो पहल जन–आवस्यकतामा आधारित रहेको भन्दै यस बाट अरुले पनि जनप्रतिनिधि साझा भएको अनुभुति गराउनुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा समाजसेवि मणिराम पौडेलले बोल्दै वर्षौदेखिको जनताको माग राम्जि घिमिरे संसद बनेपछि सुनुवाई भएर प्रदेश सरकाबाट बजेट विनियोजित भै कार्य सम्पन्न भएको प्रति धन्यवाद ब्यक्त गर्नुभयो ।
कार्यक्रममा पाणिनी गाँउपालिका वडा न. ८. का वडाध्ध्यक्ष मिनराज आत्रेय,पाणिनी गाँउपालिका वडा न. ५. का वडाध्ध्यक्ष जिवलाल घिमिरे,पाणिनी गाँउपालिका वडा न. ६. का वडाध्ध्यक्ष शुभवहादुर सारु ,एमाले नेता टेकराज न्यौपाने , कांग्रेस नेता ईन्द्रमणि पौडेल,पत्रकार डि.आर.जि. सुमन, प्रकाश प्युठानी, माधव बेल्वासे लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।
पाणिनी गाँउपालिका वडा न. ७. का वडाध्ध्यक्ष गुनाखर अधिकारिको सभापतितवमा भएको कार्यक्रमको संचालन पत्रकार महासँघ अर्घाखाँचीका सदस्य घनश्याम पौडेलले गर्नुभएको थियो ।

अन्य समाचारहरु