अर्घाखाँची डट्कमको ध्यानाकर्षण


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेत्रविक्रम विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दिएको धम्की तथा आरोपप्रति अर्घाखाँचीडट्कमको ध्यानाकर्षण भएको छ।
नेकपाले डट्कममा प्रकासित समाचारलाई उल्लेख गर्दै दिएको धम्की तथा आरोपप्रति अर्घाखाँची डट्कमको गम्भिर ध्यानाकर्षण भएको हो । 
“नेकपा जिल्ला समिति अर्घाखाँचीको मिति २०७८ माघ १४  प.स.१००२ च.न.७८/७९  जिल्ला सेक्रेटरी माहुरीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा” “हाम्रो मिडिया अर्घाखाँची डट्कमलाई जोडेर धम्की र प्रलोभनको आशा देखाउदै समाचार प्रकाशन गरेको भन्ने वाक्यांश प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको सम्पादक सन्तोष के.सीबाट जारी विज्ञप्तिमा बताइएको छ।”
नेपाल कम्युनिस्ट पार्टी जस्तो जिम्मेवार पार्टीले बारम्बार अर्घाखाँची डट्कमलाई कहिले फेक फेसबुक आईडि प्रयोग गर्दै अर्घाखाँची डट्कमले जनप्रतिनिधिसँग जवरजस्ती पैसा मागेको र हाम्रा प्रतिनिधिलाई भौतिक कारवाही गर्ने धम्की र कहिले प्रकाशन नगरेको समाचारलाई प्रकाशन गरेको भनी लगाएको आरोप आफैमा खेदजनक छ, जारी ईमेल विज्ञप्तिमा उल्लेख गरिएको छ । “
हामीलाई प्राप्त भिडियोमा सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ साविकको खाँचीकोट गाविसबाट उत्खनन भईरहेको चुन ढुङ्गाको सन्दर्भमा चुनढुङ्गा सञ्चालकले हिजो मात्र बन्द गराएको खानी एकाएक संचालन हुँदा आम नागरिकबाट  आशांका व्यक्त गरिएको भिडियो सार्वजनिक गरेका थियौ। त्यसमा कहि कतै पनि नेपाल कम्युनिस्ट पार्टीको नाम जोडिएको छैन् । 
यस्तै सार्वजनिक गरिएको भिडियो शिर्षकमा “नरपानी, खाँचीकोटमा चुनढुंगा उत्खनन र ढुवानी गर्दै टिप्परहरु । हिजो बिहिवार १,२ घण्टा अवरोध भएता पनि यहाँ चुनढुंगा उत्खनन र ढुवानी निरन्तर भईरहेको छ । उता चुनढुङा उत्खनन क्षेत्रमा रहेका मजदुरहरु भन्छन्; भनेजति मागेको चन्दा रकम नपाएको भन्दै बेला बेलामा नारा जुलुस, रोक लगाएपनि यहाँको काम रोकिदैन। कानुनलाई हातमा लिन खोजी पैसा बार्गेनिङ वर्षौदेखि हुँदै आएका छन् तर फरक पर्दैन ।”  उता गत मंसिर २० गते सोमवार खाँचीकोटमा भैइरहेको  चुनढुंगा उत्खनन विरुद्ध सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको थियो । खाँचीकोटमा भैइरहेको  चुनढुंगा उत्खनन विरुद्ध सर्वोच्च अदालतले सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, पाणिनी गाउँपालिका, भुगर्भ तथा खानी विभाग, वन तथा वातावरण मन्त्रालयसहित विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको थियो । अर्को सुनवाई आगामी पुस २२ गते हुने भनिएपनि अझै भएको छैन् । “ मात्र लेखिएको छ। तथापि नेकपाले अर्घाखाँची डट्कमलाई धम्की र प्रलोभन पार्न खोजेको भन्ने शव्दावली आफैमा भ्रमपुर्ण हुनुका साथै गैर जिम्मेवारपुर्ण अभिव्यक्तको रुपमा हामीले लिएका छौ।
स्मरण रहोस। चुनढुङ्गा खानीको उत्खननबाट जिल्लाको पर्यावरणीय र पर्यटकीय क्षेत्रमा पर्ने नकारात्मक प्रभावको विरुद्धमा अर्घाखाँची डट्कमले विगतदेखि अहिलेसम्म विभिन्न समाचार सामाग्री प्रकाशन  एंव  प्रशारण गर्दै आईरहेको छ। 
“स्वतन्त्र तवरले समाचार प्रकाशन गर्ने सन्दर्भमा हामीले जिल्ला भित्रका सबै क्षेत्रको सुदृढीकरण गर्ने र अनियमितता एंव विसंगतीको विरुद्धमा पत्रकारिताको आचारसंहितालाई पालना गर्दै निर्भिक रुपमा निरन्तर कार्यसम्पादन गर्दै आएको सवैमा विदितै छ।”
अन्तत; “अर्घाखाँची डट्कमलाई लगाईएको निराधार आरोपको नेकपाले सार्वजनिक रुपमा माफी माग्नुपर्ने र संस्थालाई दिएको धम्की र आरोपलाई छानबिन गर्न तथा पत्रकारको जीउ धन र प्रेस स्वतन्त्रताको रक्षाका लागि प्रहरी, प्रशासन तथा पत्रकार महासंघ अर्घाखाँचीलाई अनुरोध गरिन्छ भनी डट्कम सम्पादकद्वारा जारी विज्ञप्तिमा उल्लेखित गरिएको छ ।”
उता नेकपाका कार्यकर्ताहरुले गत माघ ९ गते आईतवार प्रकासित “अर्घाखाँचीमा विप्लव नेकपाका कार्यकर्ताहरुले चन्दा नदिने व्यापारीलाई कारबाही गर्दै” शिर्षकको समाचारलाई लिएर अर्घाखाँचीडट्कमका प्रतिनिधिहरुलाई भौतिक कारबाही गर्ने धम्की दिएका थिए । 

अन्य समाचारहरु