अर्घाखाँचीडट्कम संवाददाता
खन, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका ४ खनमा नेपाली कांग्रेसको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
खनमा आज शनिवार नेपाली कांग्रेसको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।
उता नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री बिस्नु प्रसाद खनाल मुस्काले नेपाली काङ्ग्रेसमा प्रवेश गर्नेको जनलहर बढेको बताउनु भएको छ । सहमहामन्त्री मुस्कानले अब आउने तिनै तहको निर्वाचनमा नेपाली काङ्ग्रेसले लुम्बिनी प्रदेसका सबै जिल्लामा लाई काङ्ग्रेस मय बनाउने दाबि गर्नु भयो ।
मुस्कानले काङ्ग्रेस पार्टी जन्ताको प्रिय पार्टि भएको बताउदै काङ्ग्रेस प्रति जन्ताको बिश्वास बढेर गएको बताउनु भयो । खनमा भएको कार्यक्रममा एमाले सहित अन्य दलपरित्याग गरि काङ्ग्रेसमा प्रबेस गरेका नबप्रबेसिहरुलाई काङ्ग्रेस पार्टिमा नेता मुस्कान काङ्ग्रेस जिल्ला सचिब कृस्न प्रसाद खनाल काङ्ग्रेस मालारानिका सभापति सोभाखर खनालले काङ्ग्रेस पार्टी भित्र स्वागत गर्नु भएको थियोे।
खनका ९ घर परिवार आज एक समारोहका बिच नेपाली कांग्रेसमा प्रवेश गरेका हुन । साथै कांग्रेस खनको टोलसमिती गठन समेत गरिएको छ । कार्यक्रमा खनका वा सभापति बिनिराम पोख्रेल काङ्ग्रेस सचिब रविन घिमिरे लगाएत ले नब प्रबेसिलाई कांग्रेसमा स्वागत गर्दै वार्ड कार्यालयमा भएको भ्रस्टाचार को भन्डाफोर अभियान संचालन गर्ने बताउनु भएको थियोे । काङ्ग्रेसमा प्रबेस गर्नेहरुमा माया बि क,गोमा बिक,सुवास बिक,चुरा बहादुर बिक,बिनबहादुर बिक,रुपा बिक,रमेश बिक,कृपा ब बिकर राम बहादुर बि कलगाएत रहेका छन ।