अर्घाखाँचीमा आज आईतवार ३१ जनाले काेराेना जिते, २८ जना नयाँ संक्रमित थपिए (सम्पुर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा २८  जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या २०५ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ९४  जना, भूमिकास्थान नगरपालिकामा ११  जना,  शितगंगा नगरपालिकामा ४९ जना,  मालारानी गाउँपालिकामा १०,      पाणिनी गाउँपालिकामा ३३ र छत्रदेव गाउँपालिकामा ८  जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४८३० जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा २१३०  जना, भूमिकास्थान नगरपालिकामा ७८५ जना,     शितगंगा नगरपालिकामा ५२१ जना, मालारानी गाउँपालिकामा ५७५ जना,  पाणिनी गाउँपालिकामा ५०९ जना  र छत्रदेव गाउँपालिकामा ३१० जना संक्रमित रहेका छन् ।   
साथै पछिल्लो २४ घण्टामा जिल्लाभर ३१ जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म  ४५३४ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा २००६  जना, भूमिकास्थान नगरपालिकामा ७५८  जना,  शितगंगा नगरपालिकामा ४५८    जना,   मालारानी गाउँपालिकामा ५४९ जना,    पाणिनी गाउँपालिकामा ४६५  जना   र छत्रदेव गाउँपालिकामा २९८  जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ९१ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३०  जना, भूमिकास्थान नगरपालिकामा १६, शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १४, मालारानी गाउँपालिकामा १६, पाणिनी गाउँपालिकामा ११   र छत्रदेव गाउँपालिकामा ४ जना  रहेका छन् ।
आईतवारको कोरोना विवरण यस्तो छ:

अन्य समाचारहरु