अर्घाखाँची जिल्ला प्रहरी कार्यालयमा आउने सेवाग्राहीहरूलाई अब मोबाइल चार्जको सुविधा


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला प्रहरी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको लागि चार्जिङ स्टेशनको व्यवस्था गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयमा  आउने सेवाग्राहीहरूको लागि नेपाल टेलिकमको सहयोगमा चार्जिङ स्टेशनको व्यवस्था गरिएको हो । योसँगै अब सेवाग्राहीहरूले सहजै आफ्नो मोबाइल चार्ज गर्न सक्नुहुनेछ ।
उता प्रहरी कार्यालयमा  सेवा लिन आउने सबै सेवाग्राहीले कोरोना अर्थात कोभिड–१९ विरुद्धको खोप लगाएको  कार्ड अनिवार्य रुपमा लिएर आउनुपर्ने नियम लागु भएको छ ।
सेवाग्राहीको कार्ड बाहिर गेटमा चेक गरेर मात्र भित्र प्रवेश दिईनेछ । भने कार्ड नभएकाले सेवा पाउने छैनन् ।  

अन्य समाचारहरु