-ढुण्डि राज पाण्डे (विनायक)
बल्कोट, २ अमर पोखरि
(हाल यु० ए० ई० अबु धाबी बाट)
गह भरी भरिएका आँशु छताछुल्ल भएर पोखीदा
ढुक ढुकिले मायाँको धड्कन सागर जस्तै बोकिदा ,
बन्द कोपिला थिए हिजो आज तिम्रो सामु फक्रिदा
दुखेको घाऊमा बल्झियो काँडा त्यसैमाथी मुटु टुक्रिदा,
गयौ कहाँ मलाई तिमी हरेक पलमा सम्झना दिएर
तिम्रो यादमा बिष पिए अमृत सबै तिमीलाई दिएर,
मायाँ अपार भो सागर हृदय जस्तै चन्चल किन?छनी
सुनौलो बिहानी सँगै पर्खाइमा बसे आँउछ्यौकी तिमी भनि ,