अजय के.सी
धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ३ धारापानीमा राष्ट्रिय जनमोर्चाका सबै कार्यकर्ताहरुले आफुहरु नेकपा (एमाले) मा प्रवेश नगरेको स्पस्ट परेका छन् ।
धारापानीमा राष्ट्रिय जनमोर्चाका कार्यकर्ताहरुले आफुहरु नेकपा (एमाले) मा प्रवेश नगरेको स्पस्ट परेका हुन् । गत माघ १५ गते शनिवार अर्घाखाँचीडट्कममा ढाकावाङ र धारापानीमा कांग्रेस, राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्रबाट ९० परिवार एमालेमा प्रवेश गरे” समाचार प्रकासित भएको थियो ।
यस्तो छ विज्ञप्ति:
रास्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका ३ न,वडा कमिटी यो स्पस्ट गर्न चाहान्छौ कि यहि मिति २०७८-१०-१५ गतेका दिन यसै (भु,न,पा ) वडा न ३ को गैरा टोलमा ने,क,पा (एमाले) को कार्यक्रममा यश क्षेत्रका रास्ट्रिय जनमोर्चाका प्रतिबद्र सदस्य हरुलाई विभिन्न प्रलोबनमा पारी तथा त्यस कार्यक्रममा नै उपस्थित नभएका समेत रास्ट्रिय जनमोर्चाका सुभचिन्तक हरुलाई पाटि प्रबेशको नाममा गरिएको प्रचारबादी प्रती रास्ट्रिय जनमोर्चा घोर आपत्ति तथा त्यस्ता गैर राजनितिक किर्याकलाप हरुलाई भर्सना गर्न चाहान्छौ ! रास्ट्रिय जनमोर्चा यो देशको सच्चा मार्सवाद लेलिनवाद र माओ बिचार धारालाई अंगीकृत गर्दै यो देशमा हुने सबै खाले अन्नाय अत्यचार शोषण दमनको बिरुद्ध आफ्ना किर्याकलाप हरुलाई अगाडि बढाई रहेको बेहोरा समेत अबगत गराउदछौ ! यस खाले भ्रामक समचार तथा प्रचारबादी बाट अबिचलित रुपमा अगाडि बढने प्रतिबद्द्ताका साथ तपशिल बमोजिमका ब्यक्तीहरु रास्ट्रिय जनमोर्चामा नै रहेको कुरा यो बिज्ञप्ति मार्फत स्पस्ट गर्न चहान्छौ ,,!
अध्यक्ष
डण्डमणि भुसाल
रास्ट्रिय जनमोर्चा वडा न ३
तपशिल
केशब बि,क
जिबन घ,म
रमेश घ,म
गणेश बिक
मिना घ,म
केशब घ,म
गोपाल घ,म
मनिराम बन्जाडे
गिता बन्जाडे
कृष्ण ब,परियार
मान ब,परियार
गोबिन्द परियार
शेर ब,पाण्डे
श्याम ब,बि ,क