ऐतिहासिक खाँचीकोट दरबार प्रचारप्रसार नहुँदा ओझेलमा | आन्तरिक पर्यटकको पर्खाइमा

२०७८ माघ १९, बुधवारमा प्रकासित


२०७८ माघ १९, बुधवारमा प्रकासित

अर्घाखाँचीडट्कम संवाददाता 
खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको नरपानीदेखि करिब ३ कि.मी दुरीमा ऐतिहासिक खाँचीकोट दरबार रहेको छ । 
बाइसे चौबिसे राज्य हुँदा अर्घाखाँचीमा अर्घा र खाँची दुई वटा राज्य थिए । खाँचीका तेह्रौ पुस्ताका राजा दल शाहकी छोरी चन्द्रप्रभाको विवाह गोरखाका नरभुपाल शाहसँग भएको थियो । उनी पृथ्वीनारायण शाहकी सौतेनी आमा हुन् । आफ्नो सन्तान नभएपनि चन्द्रप्रभाले पृथ्वीनारायणको लालनपालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । 
शक्तिशाली गोर्खा राज्यसंग सम्बन्ध रहेको खाँचीको ऐतिहासिक महत्त्व रहेको छ । खाँची दरबार रहेको स्थानबाट सन्धिखर्क बजार सहित अर्घाखाँची, गुल्मी , पाल्पा जिल्लाका विभिन्न ठाउँ र सुन्दर हिमश्रृङ्खलाहरूको दृश्यावलोकन गर्न सकिन्छ । 
सुपा देउराली- नरपानीमा आउने पर्यटकलाई खाँचीकोटमा अवस्थित दरबारमा आकर्षित गर्न प्रचारप्रसारमा ध्यान  दिनुपर्ने देखिन्छ ।  सुपा देउराली नरपानीमा आउदा नजिकै रहेको ऐतिहासिक महत्त्वको खाँचीकोट दरबारसम्म पुगी उक्त स्थान नयाँ पुस्तालाई इतिहास बुझ्न, प्राकृतिक वातावरणमा रमाउन, फोटो खिच्न र टिकटक बनाउन उपयुक्त रहेको छ ।
यस मन्दिरमा बिशेष गरि दशैंको  नवदुर्गाको पुजाआराधाना गरि दशैंको तेस्रो दिन अर्थात  त्रियादशीको दिन पौराणिक सराय मेला नाँच   हुँदै आइरहेको छ ।
प्रचारप्रसारको कमीका कारण यहाँका महिमा र शक्ति पीठबारे जानकारी नभएका कारण भक्तजन आउन सकिरहेका छैनन् । 
यस्तै महत्वपूर्ण ऐतिहासिक खाँचीकोट ओझेलमा परेको ठाउँ भएकाले त्यसको लागि सडक सञ्जालको व्यवस्थापन, पुरातात्विक ढङ्गले पुनर्निर्माण र मन्दिरलाई थप व्यवस्थित गराउन आवश्यक रहेको देखिन्छ ।  
पर्यटकीय सम्भावना बोकेको खाँचीकोट दरबार संरक्षणको लागि बडाबाट विभिन्न वर्षमा रु.१९ लाख बजेट बिनियोजन गरेर मन्दिरको व्यव्स्थापन नयाँ स्वरुपको मन्दिरको निर्माणको लागि काम भईरहेको  सन्धिखर्क नगरपालिका वडा न ७ का अध्यक्ष प्रितम थापाको भनाई   छ ।
मन्दिर निर्माणको लागि स्थानीय बासिन्दाबाट जनश्रमदार अनुसार करिब रु. ७ लाखको काम भएको र करिब रु. ३० लाख थप बजेट भएमा आधुनिक प्रविधिअनुसार नयाँ मन्दिर बनाउन सकिने उनको भनाई छ ।
मन्दिरको संरक्षणका लागि गत साल उद्योग वन तथा पर्यटन मन्त्रालयले पनि करिब रु. १० लाख बजेट विनियोजन गरेर सिँढीहरू निर्माण भएको छ ।
मन्दिरको निर्माणका लागि सुपा देउराली मन्दिर व्यबस्थापन समितिबाट करिब ४ लाख बजेट विनियोजन गरेर काम भईरहेको मन्दिर आधुनिक प्रविधिअनुसार काठमाण्डौको इट्टा प्रयोग गरेर निर्माण गर्न लागिएको भविष्यमा मन्दिरमा पितलको छाना, टुडाँल राखेर निर्माण गर्न सकेमा पर्यटकको आन्तारिक र बाह्य रुपमा आकर्षणकोे केन्द्र हुने नेकपा एमालेका वडा न ७ का अध्यक्ष चुरा बहादुर केसीले बताए ।
केसीले पर्यटकको केन्द्रमा रहेको सुपादेउराली मन्दिर आएका पर्यटकका लागि पहिलो बर्ष २० दोश्रो बर्ष ४० तेस्रो बर्ष ७० हुदै चौथो बर्ष १०० प्रतिशत पर्यटक भित्रयाउने लक्ष्य रहेको बताए ।
समाचार तथा फोटो  स्रोत: अर्घाखाँची जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनाल |

अन्य समाचारहरु