सन्धिखर्कमा भु तथा जलाधार व्यवस्थापन कार्यालयको स्थापना


बिष्णु खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  सन्धिखर्कमा भु तथा जलाधार व्यवस्थापन कार्यालयको स्थापना भएको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गरि कार्यालयमा बोर्ड राखेर  स्थापना गरिएको हो ।
लुम्बिनी प्रदेश अन्तर्गत अर्घाखाँची, गुल्मी र कपिलवस्तु गरि तीन जिल्ला हेर्ने गरि सन्धिखर्कमा कार्यालय स्थापना गरिएको कार्यालय प्रमुख अष्टभुजा नन्द उपाध्यायले जानकारी दिनुभयो । केहि दिनमा कार्यालयलाई व्यवस्थित बनाई नियमित रुपमा कामकाज सुरु हुने कार्यालय प्रमुख उपाध्यायले बताउनुभयो ।कार्यालय स्थापना कार्यक्रममा कार्यालय प्रमुख अष्टभुजानन्द उपाध्याय, वरिष्ठ पत्रकार सुर्य प्रसाद भुसाल, समाजसेवी तोकनारायण खनाल, पत्रकार बिष्णु खनाल लगायत कार्यालयका अन्य कर्मचारीको उपस्थिती रहेको थियो ।
कार्यालय स्थापना कार्यक्रममा कार्यालय प्रमुख अष्टभुजानन्द उपाध्याय, वरिष्ठ पत्रकार सुर्य प्रसाद भुसाल, समाजसेवी तोकनारायण खनाल, पत्रकार बिष्णु खनाल लगायत कार्यालयका अन्य कर्मचारीको उपस्थिती रहेको थियो ।
यस अघि भु तथा जलाधार कार्यालय नहुदा समस्यामा परेका जिल्लावासिमा कार्यालय स्थापना भएपछि खुसियाली छाउने भएको छ ।

अन्य समाचारहरु