सरकारद्वारा मेघालय घटनाको भत्स्रना

गणेश चुदाली हाल काठमान्डौ

 

सरकारले भारतको मेघालय र आसाम लगायतका स्थानमा नेपाली भाषीमाथि भएको आक्रमणप्रति दुःख प्रकट गरेको छ । व्यवस्थापिका संसदको आज बसेको बैठकमा सभामुखसंग समय लिएर बोल्दै उपप्रधान एवं परराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपाली भाषीमाथि भएको आक्रमणप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । कोइरालाले कुटनीतिक पहल मार्फत भारत सरकारसंग निरन्तर कुरा गरिरहेको बताउँदै घटनाको निरन्तर अनुगमन गरिरहेको पनि जानकारी दिनुभयो । मन्त्री कोइरालाले संचार माध्ययममा केहीको मृत्यु भएको बताए पनि कति मारिएको भन्नेवारे खुलाउनुभएन । यसअघि सभासदहरुले कुरा उठाएपछि सभामुखले बैठकलाई जानकारी गराउन परराष्ट्रमन्त्रीलाइ रुलिङ्ग गर्नुभएको थियो । स्थानिय खासीको आक्रमणवाट हजारौ नेपाली विस्थापित भएको भन्दै सभाषदहरुले हिजोको बैठकमा सरकारको जानकारी मागेका थिए ।