दुर्गाफाँटमा पोषण सम्बन्धी ७ दिने आधारभूत क्षमता अभिबृद्दी तालिम शुरु (भिडियो, तस्बिरहरु)


डिआरजी सुमन  
दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।        अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा बृहत पोषण बिशेष कार्यक्रम सम्बन्धी स्वास्थ्यकर्मी  र सरोकारवाला बिषयगत शाखा प्रमुख तथा कर्मचारीहरुको  लागि ७ दिने आधारभूत क्षमता अभिबृद्दी  तालिम शुरु भएको छ ।

स्वास्थ्य शाखाको आयोजनामा बृहत पोषण बिशेष कार्यक्रम सम्बन्धी स्वास्थ्यकर्मी  र सरोकारवाला बिषयगत शाखा प्रमुख तथा कर्मचारीहरुको  लागि ७ दिने आधारभूत क्षमता अभिबृद्दी  तालिम उद्घाटन शत्र कार्यक्रमका  प्रमुख अतिथि  गाउँपालिका अध्यक्ष अच्युत गौतमद्वारा सुनौला १००० दिनको बच्चाको आमा लाइ पोषण सम्बन्धि खाद्य सामाग्री हस्तान्तरण गर्दै तालिम  सुरु गरिएको हो ।
यो कार्यक्रम  संघीय सरकारबाट हस्तान्तरित पानीनी गाउपालिकाको वार्षिक   स्विकृत कार्यक्रम हो । यस तालिम कार्यक्रम पाणिनी गाउँपालिकाका सबै स्वास्थ्य सस्थामा कार्यरत स्वास्थ्य कर्मी तथा गाउँपालिकाका सरोकार वाला शाखा जस्तै शिक्षा , खानेपानी वास ,महिला तथा बालबालिका, कृषि तथा पसुपन्छी, स्टोर, योजना शाखा ,आयुर्बेद लगायतका शाखाका प्रमुखहरुको सहभागितामा २ चरणमा सम्पन्न हुनेगरी पहिलो चरण आज देखी शुरु भएको छ । 
तालिम लिएपछि  सहभागीले आ आफ्नो कार्य क्षेत्रमा गएर आफुले सिकेका ज्ञान ,सिप धारणा को उपयोग गरि पोषण प्रबर्द्धन मा सहयोग हुने , सहभागी को क्षमता अभिबृद्दी हुनुका साथै  तथा नेपाल सरकारले तोकेका पोषण सम्बन्धित सुचकहरुमा सुधार तथा गुणस्तरीय सेवा प्रदान हुने अपेक्षा गरिएको छ ।
कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख अधिकृत छैटौं शेसकान्त घिमिरे , स्वास्थ्य शाखा मै कार्यरत स्वास्थ्य सह सम्योजक अधिकृत छैटौं राम प्रसाद घिमिरे, अधिकृत छैटौं मित्रदेब पौडेलले गर्नुभएको छ । त्यस्तै कार्यक्रममा प्राबिधिक सहयोग NHSSP/HSSO प्रतिस्ठा ढकाल, सुआहारा कार्यक्रमका फिल्ड सम्योजक हरि जि सिले  सहयोग गर्नुभएको छ । गाउँपालिका अध्यक्ष अच्युत गौतम को प्रमुख आथित्यता उपाध्यक्ष लक्ष्मी गौतम को बिशिस्ट आतिथ्यता रहेको कार्यक्रममा स्वागत र तालिम कार्यक्रमको उद्देश्य स्वास्थ्य साखा प्रमुख शेस्कान्त घिमिरेले र  सन्चालन स्वास्थ्य शाखा सहसम्योजक राम प्रसाद घिमिरेले गर्नुभएको थियो ।  तस्वीर डिआरजी सुमन/अर्घाखाँची ।

अन्य समाचारहरु