अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा स्थानीय तहको चुनावको मिति तोकिएसँगै मतदाता नामावली सङ्कलन कार्य स्थगित गर्ने भएको छ ।
जिल्लामा स्थानीय तहको चुनावको मिति तोकिएसँगै आजदेखि मतदाता नामावली सङ्कलन कार्य स्थगित गर्ने भएको हो । यस्तै जिल्लामा स्थानीय चुनाव तयारी शुरु भएको छ ।
निर्वाचन ऐनको दफा ४ को उपदफा २ अनुसार चुनावको मिति घोषणा भइसकेपछि चुनावको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न पाइँदैन ।आयोगले चुनावलाई लक्षित गरी गएको मंसिर १७ गतेदेखि १९ गतेसम्म गाउँपालिका र नगरपालिकास्तरमै नामावली सङ्कलन गरेको थियो ।
साथै अर्घाखाँची निर्वाचन कार्यालयलाई हिजोसम्म सङ्कलित मतदाता विवरण तीन दिनभित्र केन्द्रमा पठाउन पर्ने छ ।
स्थानीय तहको चुनाव २०७९ साल वैशाख ३० गते हुँदैछ ।