डिआरजी सुमन
मैदान, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । पाणिनी गाँउपालिका वार्ड नं ५ मैदानमा एकदिने आधारभूत पत्रकारिता तथा उद्घोषण कार्यक्रम सम्पन्न भएको छ ।
पाणिनी गाँउपालिका वडा नं ५ को आर्थिक सहयोगमा पाणिनि पर्यटन समाज द्धारा एकदिने आधारभूतपत्रकारिता तथा उद्घोषण कार्यक्रम सम्पन्न भएको हो ।
रेडियो सगर्व का स्टेशन मैनेजर तथा गोरखापत्र दैनिक का संवाददाता गणेश खनाल प्रमुख प्रशिक्षक रहनु भएको कार्यक्रममा अर्घाखाँचीडटकम समाचार सम्पादक परराष्ट्र मामिला तथा व्युरो प्रमुख डिआरजी सुमन सहायक प्रशिक्षक रहनु भएको थियो ।
पाणिनि गाँउ पालिका वडा ५ मैदानको महिला भावना आयोजित कार्यक्रममा पाणिनि गाँउपालिका वडा नं ५ वडा अध्यक्ष जीवलाल घिमिरेको प्रमुख आथित्यता, कार्यपालिका सदस्य ईश्वरा केसी को अध्यक्षता रहेको थियो ।
पाणिनि गाँउ पालिका वडा नं ५ वडा सदस्य पार्वता सुनार,पाणिनि गाँउ पालिका वडा नं ५ वडा सचिव विमला भट्टराई,स्वतन्त्र पत्रकारडिआरजी सुमन,पाणिनि पर्यटन समाज का उपाध्यक्ष धुर्वराज घिमिरे,पाणिनि पर्यटन समाज का कार्यालय व्यवस्थापकीय प्रमुखरोमाकान्त भट्टराई ,ओम इन्टरटेमैनट प्रलिका महासचिव वसन्त केसी,समाजसेवी किरण जीसी सहित ४५ जना प्रशिक्षणार्थिकोउपस्थितमा कार्यक्रम सम्पन्न भएको छ । – तस्वीर डिआरजी सुमन/अर्घाखाँची ।