अर्घाखाँचीमा आज बुधवार २८ जनाले काेराेना जिते, ८ जना नयाँ संक्रमित थपिए (सम्पुर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ९० जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ५२ जना, भूमिकास्थान नगरपालिकामा १० जना,  शितगंगा नगरपालिकामा १२ जना,  मालारानी गाउँपालिकामा ४, पाणिनी गाउँपालिकामा ११ र छत्रदेव गाउँपालिकामा १ जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४९२२ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा २१८२  जना, भूमिकास्थान नगरपालिकामा ७९५ जना,     शितगंगा नगरपालिकामा ५३३ जना, मालारानी गाउँपालिकामा ५८० जना,  पाणिनी गाउँपालिकामा ५२१ जना  र छत्रदेव गाउँपालिकामा ३११ जना संक्रमित रहेका छन् ।   
साथै पछिल्लो २४ घण्टामा जिल्लाभर २८ जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म  ४७३९ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा २१००  जना, भूमिकास्थान नगरपालिकामा ७६९  जना,  शितगंगा नगरपालिकामा ५०७   जना,   मालारानी गाउँपालिकामा ५५९ जना,    पाणिनी गाउँपालिकामा ४९८  जना   र छत्रदेव गाउँपालिकामा ३०६  जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ९३ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३०  जना, भूमिकास्थान नगरपालिकामा १६, शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १४, मालारानी गाउँपालिकामा १७, पाणिनी गाउँपालिकामा १२ र छत्रदेव गाउँपालिकामा ४ जना  रहेका छन् ।
बुधवारको कोरोना विवरण यस्तो छ:

अन्य समाचारहरु