अर्घाखाँचीमा मसाल लगायतका राजनीतिक दलहरुद्धारा एमसिसी विरुद्ध संयुक्त विरोध प्रदर्शन (तस्बिरहरु)


बसन्त खड्का |  अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा राजनीतिक दलहरुको एमसिसी विरुद्ध संयुक्त विरोध प्रदर्शन सम्पन्न  छ ।
सन्धिखर्कमा आज बुधवार नेकपा मसाल, राष्ट्रिय जनमोर्चा लगायतका राजनीतिक दलहरुको एमसिसी विरुद्ध संयुक्त विरोध प्रदर्शन सम्पन्न  हो ।
देशभरी चर्चा चलिरहेको  मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी बिकास परियोजनाको बिरोधमा  भएको बृहत प्रदर्शनमा यस्तो नारा घन्किएको छ ।
 
अर्घाखाँचीमा कृयाशिल विभिन्न पार्टिहरुको संयुक्त आयोजनामा अर्घाखाँचीमा निकालिएको जुलुश प्रदर्शनी र कोण सभामा वक्ताहरुले एम. सि. सि. परियोजना राष्ट्रघाती र नेपालिको स्वाधिनता बिपरित भएको जिकिर गरे ।
सभामा बोल्दै जनमोर्चाका लुम्बिनी प्रदेश सचिवालय सदस्य शेर बहादुर बि.  सी. ले देशको आन्तरिक ब्यबस्थामा खलल पुर्याउने , नेपालीहरुको स्वतन्त्र अस्मितामाथी खेल्वाड गर्ने किसिमका कुनै पनि सन्धी सम्झौता लागू गर्न नहुने बताए ।
एम सि सि परियोजनाको राष्ट्रिय जनमोर्चाले शुरु देखिनै बिरोध गर्दै आएको स्पस्ट  पार्दै बि. सी. ले नेपालको आफ्नो संविधान र राष्ट्रिय स्वतन्त्रता भन्दा कुनै पनि सन्धी सम्झौता ठूलो नहुने दावी गरे ।
बिरोध कार्यक्रममा नेकपा मसालका जिल्ला प्रवक्ता पशुपती ढकाल , नेकपा माओवादी अर्घाखाँचीका खेम घर्ती  र देशभक्त गणतन्त्र पार्टी अर्घाखाँचीका प्रतिनिधि लगायतले मन्तब्य राख्दै एम. सि. सि. सम्झौताको खुलेर बिरोध गरेका थिए ।
भक्तिटोलाबाट नारा लगाउदै सन्धिखर्कको शान्ती बगैंचामा  कोण सभामा पुर्व एम सि सि खारेज गर , राश्टृयता रक्षा गरौ , देशभक्तहरु एकजुट हौं जस्ता नारा घन्काउदै जुलुशले बजार परिक्रमा गरेको थियो ।

अन्य समाचारहरु