अर्घाखाँचीमा पहिलो डोज लगाएको ६ महिना पुगेका सबैलाई बुस्टर खोप दिईने


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पहिलो डोज लगाएको ६ महिना पुगेका सबैलाई बुस्टर खोप दिईने भएको छ । 
जिल्लामा अब पहिलो डोज लगाएको ६ महिना पुगेका सबैलाई बुस्टर खोप दिईने भएको छ । 
उता काठमाडौंमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बुस्टरमा स्वास्थ्यकर्मी लगायत अंग्रपंक्तिमा खटिने व्यक्ति, ६० वर्ष र माथि उमेरका ज्येष्ठ नागरिक, दीर्घरोगी, गर्भवती महिला र सामाजिक जनसांख्यिक रुपमा पिछडिएका व्यक्तिलाई प्राथिमकता दिने उल्लेख छ । ६ महिना पूरा गरेकालाई आवश्यकताका आधारमा कोभिशिल्ड, एस्ट्राजेनिका, मोडर्ना वा फाइजर खोप पनि प्रदान गर्ने निर्णयमा उल्लेख छ ।
त्यसैगरी कोरोना संक्रमणमुक्त भएको एक महिनापछि संक्रमितलाई बुस्टरसहित जुनसुकै खोप दिईने छ । 
यस्तै जिल्लामा पहिलो मात्राको खोप प्रदानलाई उच्च प्राथमिकता दिने र ६ महिना पूरा गरेका व्यक्तिलाई बुस्टर खोपको पहुँच सहज किसिमले हुनसक्नेगरी पूर्ववत: विभिन्न स्थानमा खोप केन्द्र सञ्चालन गरिने छ । 

अन्य समाचारहरु