हिन्दमहासागरको अन्दामन टापु समूहको पूर्वी क्षेत्रमा 6.4 रेक्टर स्केलको भूकम्प

हिन्दमहासागरको अन्दामन टापु समूहको पूर्वी क्षेत्रमा स्थानीय समय जून एक तारिख विहान सबेरै 6.4 रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण व्युरोले जनाएको छ। यसका साथै प्रशान्त सुनामी चेतावनी केन्द्रले सुनामीको चेतावनी दिएको छ। उक्त भूकम्पबाट हालसम्म हताहती र जनधनको क्षतिबारे कुनै पनि सूचना प्राप्त भएको छैन।

      हावाईमा पर्ने प्रशान्त सुनामी चेतावनी केन्द्रले जनाएअनुसार, भूकम्पबाट सुनामी उत्पन्न हुने सम्भावना रहेको छ र यसको वरिपरिका क्षेत्रमा असर गर्ने सम्भावना भए पनि यसले धेरै क्षति पुर्‍याउने सम्भावना रहेको छैन