बल्कोटका २ जना बालबालिका सहित ३ जनाको दाङमा भएको आगलागीमा परि मृत्यु


अर्घाखाँचीडट्कम संवाददाता
तुलसीपुर, दाङ। अर्घाखाँची जिल्लाको बल्कोटका २ जना बालबालिका सहित ३ जनाको दाङमा भएको आगलागीमा परि मृत्यु भएको छ । 
बल्कोटका ४२ वर्षीय नजरदिन अली, उनकै छोरा ६ वर्षीय आदिददिन अली र उनकै छोरी १४ वर्षीया सुजिता खातुनको दाङको तुलसीपुरमा भएको आगलागीमा परि मृत्यु भएको हो । उनिहरु सबैको धुँवामा निसास्सिएर मृत्यु भएको छ। साथै उक्त घटनामा घरभित्र सुर्खेतका हुसेन बकसको छोराहरु १५ वर्षीय हर्सन बकस, १६ वर्षीय मसिम बकसको पनि निधन भएको छ ।  
पुर्ख्यौली घर बल्कोट भएका इरम फुटवेयरका सञ्चालक नगरदिन लामो समयदेखि उनीहरू तुलसीपुरमा भाडामा बस्दै आएका थिए। 
तुलसीपुर उपमहानगरपालिका-५ तुलसी बोडिङ चोक नजिक बसने बक्स बहादुर केसीको घरमा सोही ठाउँ बस्ने हुसेन बक्सको ईरम जुत्ता चप्पल पसलमा बिद्युत सर्ट भई गएराति आगलागी थियो । 
तुलसीपुर-५ ‘ङ’ लाइनको घरमा सुतिरहेका  नगरदिन राति करिब १ बजेतिर ब्युझिएँका थिए । धुँवाको गन्ध आइरहेको थाहा पाएपछि हेर्न बाहिर निस्किए। घरमा ठूलो धुँवाको मुस्लो देखेपछि उनी सँगै सुतेकी श्रीमती र आफ्नो बुवालाई लिएर सडकमा आएका थिए । आगो नदेखिए पनि धुँवा व्यापक भइसकेको थियो। उनका छोराछोरी त्यही घरमा सुतिरहेका थिए। ५ वर्षीय छोरा अबिददिन अली र १३ वर्षीया छोरी सुजिता खातुनलाई लिन नगरदिन फेरि घरभित्र पसेका थिए । 
नगरदिन र उनकी श्रीमती घरको अगाडि र बच्चाबच्ची पछाडि अन्तिम कोठामा सुत्ने गर्दथे। पाँच मिटरमा ठडिएको घरमा पछाडि न कुनै निकास थियो न कुनै झ्याल। साँघुरो घरभित्र जुत्ता-चप्पलको गोदाम राखिएको थियो। आगो त्यही गोदाममा लागेको थियो। छोराछोरी बचाउन गएका नगरदिन धुँवामा निसास्सिएर बाटो मै लडेका थिए । 

अन्य समाचारहरु